बिहिबार, मंसिर २१, २०८०

सिटी शीर्षस्थान: सनको ह्याट्रिकमा टोटेनहमको सानदार जित


कान्तिपथ


इंग्लिस प्रिमिर लिगमा उल्भ्सविरुद्ध म्यानचेस्टर सिटीले जित निकालेको छ। उल्भ्सको मोलिनियक्स रंगशालामा शनिबार राति सम्पन्न भएको खेलमा सिटीले ३-० को जित निकालेको हो।

सिटीलाई जित दिलाउन ज्याक ग्रिलिस, इर्लिङ हाल्यान्ड र फिल फोडेनले गोल गरेका थिए। खेलको पहिलो मिनेटमै डिब्रुएनाको पासमाग्रिसिले गोल गरेका थिए। त्यसपछि सिटीले बर्नान्डो सिल्वाको पासमा हाल्यान्डले १६औं मिनेटमा गोल थपेका थिए।

यता खेलको ३३औं मिनेटमा उल्भ्सका नाथन कोलिन्सले रातो कार्ड पाएपछि उनी बाहिरिएका थिए। पहिलो हाफमा दुई गोलको अग्रता बनाएको सिटीले दोस्रो हाफमा एक गोल थप्यो।

यो जितसँगै १७ अंक बनाएको सिटी तालिकाको शीर्षस्थानमा छ। समान १७ अंक भएको टोटेनहमचाहिँ दोस्रो स्थानमा। गएरातिकै खेलमा एस्टन भिल्लाले साउथह्याम्टनलाई १–० ले हराएको थियो। त्यस्तै, फुटह्यामले नटम फरेस्टलाई ३–२ ले हराएको छ। प्रिमियर लिगमा आज आर्सनलले ब्रेन्टफर्डको सामना गर्नेछ।

टोटनहमका फरवार्ड सन ह्युङ मिनले ह्याट्रिक गरेपछि टोटेनहमले सानदार जित निकालेको छ। हट्सपर रंगशालामा सम्पन्न खेलको ५९औं मिनेटमा मैदान प्रवेश गरेका मिनले ह्याट्रिक पुरा गरेपछि टोटेनहमले ६-२ को फराकिलो जित निकालेको हो।

तर खेलको छैटौं मिनेटमै लेस्टर सिटीका योउरी टेलेमन्सले पेनाल्टीमार्फत् गोल गर्दै अग्रता बनाएका थिए। त्यसको दुई मिनेटमै ह्यारी केनको गोलबाट टोटेनहमले बराबरी गरेको थियो। २१औं मिनेटमा इरिक डायरल गोल गरे पभिन ४१औं मिनेटमा जेम्स म्याडिसनले गोल गरेपछि पहिलो हाफमा २-२ गोलको बराबरी भएको थियो।

दोस्रो हाफमा टोटेनहमले चार गोल थप्यो। रोड्रिगोले ४७औं मिनेटमा गोल गरे भने हन ह्युङले ७३औं, ८४औं र ८६औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका हुन्।

यो जितसँगै टोटेनहमले सो खेलबाट १७ अंक जोडेको छ जसले उसलाई लिगको दोस्रो स्थानमा स्थापित गराएको छ। यता, लेस्टर चाहिँ सातौं खेलसम्म पनि जित निकाल्न सकेको छैन।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत