आइतवार, अशोज ९, २०७९

हुम्लाको लिमीमा सञ्चारको पहुँच


कान्तिपथ



हुम्लाको उत्तरी गाउँपालिकाको लिमी सञ्चारको पहुँचमा जोडिएको छ । नाम्खा गाउँपालिका– ६ हिमालपारिको गाउँ भनेर चिनिने लिमीमा मोबाइलको टावर निर्माण भएपछि लिमीवासी सञ्चारको पहुँचमा जोडिएका हुन् । नेपाल टेलिकमको मोबाइल सेवा लिमीका तीन गाउँ तिल, जाङ र हल्जिमा सञ्चालन भएको छ ।

अब लिमीवासीको मोबाइलमा कुुरा गर्ने सपना पनि पूरा भएको छ । यसअघि लिमीमा टेलिकमकै भिस्याट टेलिफोन सेवा थियो र यसले दिउँसो घाम लागेको समयमा मात्र काम गर्दथ्यो ।

मोबाइल सेवा सञ्चालन आएपछि यहाँका स्थानीयले खुसी व्यक्त गरेका छन् । वर्षौंदेखि मोबाइलमा कुरा गर्ने उनीहरुको चाहना पूरा भएको छ । लिमी गाउँपालिकाका अध्यक्ष प्रेम लामाले निकै लामो प्रयासपछि लिमीमा टावर निर्माण पूरा भएर मोबाइल सेवा सञ्चालनमा आएको बताउनुभयो ।

लिमीमा टावर निर्माणका लागि पाँच वर्षअगाडि निर्माण कम्पनीसँग टेलिकमले सम्झौता गरेको थियो । तीन वर्षदेखि टावर निर्माणका सामान लिमी पुुगेका थिए । गत वर्ष घर निर्माण कार्य, सोलार प्यानल र ब्याट्री जडान भएको थियो ।

दसैँका लागि छुटमा खाद्यान्न

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लाले असोज १ गतेबाट सहुुलियतमा खाद्यान्न बिक्री सुुरु गरेको छ । आगामी बडादसैँको अवसर पारेर पहिलो पटक हुम्लामा लिमिटेडद्वारा सहुलियतमा खाद्यान्न बिक्री सुुरु भएको हो । शाखाका नायब सुब्बा नवीन आचार्यले लिमिटेडको नीतिअनुुसार दसँैको अवसरमा सर्वसाधारणका लागि खाद्यान्न बिक्री सुुरु भएको बताउनुभयो । यस शाखाले दुुई हजार पाँच सय क्विन्टल खाद्यान्न प्रति केजी सात रुपैयाँ छुटमा बिक्री सुुरु गरेको छ ।

खाद्यान्न असोज ७ गतेसम्म बिक्री वितरण गरिनेछ । दसैँमा सेवाग्राहीलाई केही राहत पु¥याउनका लागि छुुटको व्यवस्था गरिएको हो ।

यसअघि लिमिटेडले दसैँको बेला छुटमा खाद्यान्न बिक्री गर्ने जनाए पनि खाद्यान्न मौज्दात नहुँदा बिक्री गर्न सकेको थिएन । यसपटक भने सबैलाई छुटमा खाद्यान्न बिक्री गर्न शाखाको गोदाममा मौज्दात छ । छुटमा बिक्री हुने खाद्यान्नमा अरुवा मोटा चामलको परल मूल्य ५८ रुपैयाँ प्रतिकेजीमा ५१ रुपैयाँमा बिक्री हुनेछ भने अरुवा मध्यम चामल ६२ रुपैयाँ प्रतिकेजीको ५५ रुपैयाँ लिइएको छ ।

त्यसैगरी प्रतिकेजी ८५ रुपैयाँ पर्ने जिरा स्टिम चामलको ७८ रुपैयाँमा बिक्री गरिएको छ । यस वर्षबाट बिक्री भइरहेको प्रतिकेजी ११० रुपैयाँ पर्ने वास्मती चामल छुटमा एक सय तीन रुपैयाँमा बिक्री भइरहेको छ । कर्मचारीका हकमा भने वास्मती चामलको प्रतिकेजी दुुई रुपैयाँ र चामलको पाँच रुपैयाँ छुटमा बिक्री गरिरहेको छ । शाखाबाट छुटमा खाद्यान्न बिक्री गरे पनि आठ वटा अन्य डिपो र बिक्री केन्द्रमा भने यो सुविधा छैन ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत