बिहिबार, मंसिर २१, २०८०

सेनाको आठ वटा पृतनापति को-को भए ?


कान्तिपथ


कमान्ड अवधारणालाई थाती राखेर पुनः पृतना संरचनामा फर्किएको नेपाली सेनाले आठै पृतनामा प्रमुख तोकेको छ। सात पृतनामा उपरथी र सुदुरपश्‍चिम पृतनामा सहकाय रथीलाई निमित्त प्रमुख तोकेको हाे।

गत वर्षको साउनमा सेना कमान्डर अवधारणामा अघि बढेको थियो। गत भदौ २१ को मन्त्रिपरिषद्‍बाट पृतना संरचनामा फर्केको नेपाली सेनाले आफ्नो सात पृतनामा उपरथी र एकमा सहायक रथी प्रमुख तोकेको जानकारी सैन्य प्रवक्ता सहायक रथी नारायण सिलवालले दिए।

पूर्वीपृतनाको जिम्मेवारीमा उपरथी सहदेव खड्का छन्। उनी पूर्वी कमान्डका प्रमुख थिए। मध्य पूर्वीपृतना प्रमुखमा प्रेमध्वज अधिकारी जाने भएका छन् भने मध्यपृतनामा उपरथी होमनाथ दबाडीको जिम्मा छ।उपत्यका पृतनामा यसअघि उपत्यका कमान्डमा रहेका योगराज शर्माकाे नै निरन्तरता रहनेछ। पश्‍चिमपृतना बाबुराम श्रेष्ठकाे जिम्मामा छ।

मध्यपश्‍चिमपृतना यामप्रसाद ढकाल र उत्तर पश्‍चिम पृतना हिरालाल जोशीको जिम्मामा छ। सुदुरपश्‍चिम पृतनामा भने सहकाय रथी विजय थापालाई निमित्त प्रमुखको जिम्मेवारी तोकिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत