शुक्रबार, अशोज २१, २०७९

समानुपातिकको बेथिति : ‘तरमारा’ कै रजाईं !


कान्तिपथ


आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ भाग लिने दलहरुले आफ्नो बन्दसूची निर्वाचन आयोगसमक्ष बुझाएका छन्। निर्वाचन आयोगले दिएको समयअनुसार सोमबार (३ असोज) मा दलका प्रतिनिधिहरु आयोग पुगेर बन्दसूची बुझाएका हुन्।

आयोगका अनुसार प्रतिनिधिभसा निर्वाचनका लागि ४८ दलले समानुपातिक सूची बुझाएका छन्। समानुपातिकतर्फको निर्वाचमा भाग लिनका लागि ६८ दलले दलले निवेदन दिएका थिए। ती दलहरुमध्येबाट ४८ वटा दलले आयोगमा पुगेर बन्दसूची पेस गरेका हुन्।

४८ वटा दलबाट आएका नामबाट ११० जना उम्मेदवारहरु समानुपातिक सांसद बन्नेछन्, प्रदेशसभातर्फ २ सय ३८ दलले बन्दसूची पेस गरेका छन्। प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीसहित पार्टीहरुले सोमबार निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएका हुन्।

दलहरुले प्रतिनिधि सभाका ११० सिट र प्रदेश सभाका २२० सिटका लागि उम्मेदवारको सूची बुझाएका छन्। आयोगले सूचीमा परेकाहरुको विवरण जाँच गरिरहेको छ। दलहरुले सोमबार बुझाएको सूची सच्याउनका लागि आयोगले असोज १६ गतेसम्मको समय दिएको छ।

पटक–पटक समानुपातिकमा पर्दै आएका केही व्यक्ति यसपटक सूचीमा नपरे पनि यसअघि प्रत्यक्षमा प्रतिस्पर्धा गर्दै आएका चर्चित नेताहरु समानुपातिकमा परेका छन्। सत्तारुढ दल नेपाली कांग्रेसले बुझाएको बन्दसूचीमा पूर्व उपसभापति विमलेन्द्र निधिदेखि पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा अटाएका छन्।

कांग्रेसबाट मुस्लिम कोटामा सहमहामन्त्री फरमुल्लाह मन्सुर पनि समानुपातिक उम्मेदवार बनेका छन्। पार्टीको १४औं महाधिवेशनमा उनी शेरबहादुर देउवा पक्षबाट सहमहामन्त्री निर्वाचित भएका थिए। मधेस प्रदेशबाट खसआर्यको कोटाबाट आनन्द ढुंगाना पनि समानुपातिकको सूचीमा परेका छन्।

कांग्रेसको समानुपातिक सूचीमा पूर्वउपसभापति गोपालमान श्रेष्ठ पनि अटाएका छन्। २०७४ सालाको निर्वाचनमा उनी स्याङजा क्षेत्र नम्वर २ बाट पराजित भएका थिए। श्रेष्ठ एमालेकी पदमा आर्यालसँग ३ हजार ७०६ मतान्तरले पराजित भएका थिए।

कांग्रेसका प्रवक्ता प्रकाशशरण महत, सहमहामन्त्री जीवन परियार, पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसी पनि समानुपातिकमा परेका छन्। २०७४ सालको निर्वाचनमा उनी नुवकोट २ बाट उम्मेदबार भएपनि पराजित भएका थिए।

यसपटक समानुपातिकको सूचीमा परेका अर्का ‘हेविवेट’ नेता हुन्, नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महरा। पूर्वसभामुख समेत रहेका महरालाई पार्टीले समानुपातिक सूचीमा राखेको छ।

नेकपा एमालेबाट समानुपातिक सूचीमा पर्ने शीर्ष नेतामध्ये रघुजी पन्त छन्। ललितपुरबाट चुनाव लड्दै आएका स्थायी कमिटी सदस्य पन्तलाई एमालेले खस आर्यको क्लस्टरमा समानुपातिक उम्मेदवार बनाएको छ। उपाध्यक्ष राम बहादुर थापा बादलकी श्रीमती नैनकला थापालाई पनि एमालेले समानुपातिक उम्मेदवारको सूचीमा राखेको छ।

समानुपातिक समावेशी सिद्धान्तको आधारमा समानुपातिक उम्मेदवार चयन गर्नुपर्ने कानूनी प्रावधान छ । त्यसका लागि उम्मेदवार चयन गर्ने क्लस्टर नै तोकिएको छ । समानुपातिक निर्वाचनको विकृत अभ्यास यस पटक पनि देखिएको छ । पार्टीका प्रभावशाली हैसियतमा रहेका, सत्ता र शक्तिमा हालीमुहाली गरेका व्यक्तिहरू समानुपातिक सूचीमा समेटिएको छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत