मङ्लबार, अशोज ११, २०७९

राष्ट्रपतिको संबैधानिक ‘कू’ विरुद्ध क्रान्तिकारीले प्रदर्शन गर्दै


कान्तिपथ


राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानतः गए राति १२ बजेभित्र प्रमाणीकरण गर्नुपर्ने नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि थप विरोधको सम्भावना बढेको छ । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को पवन कार्की समूहले आज मुलुकका विभिन्न भाग र राजधानीको नेपाल कमर्स क्याम्पस अगाडी प्रदर्शनको तयारी गरेको छ।

संगठनले संविधानतः दोस्रो पटक पेश भएको विधेयक १५ दिनभित्र स्वतः प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्थाको उल्लंघन गरिएको भन्दै विरोधका कार्यक्रम सार्वजनिक गरेको हो ।

नागरिकताविहीनहरुले मुलुकका विभिन्न जिल्लामा शीतल निवासको पछिल्लो निर्णय विरुद्ध प्रदर्शन हुने जनाएका छन् । त्यसैगरी काठमाडौं,ललितपुर र भक्तपुरका साथै राष्ट्रपतिको कार्यालय शीतल निवास,माइतीघर मण्डला र नयाँ बानेश्वरमा प्रदर्शन गर्ने तयारी भैरहेको छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत