बिहिबार, फाल्गुन १०, २०८०
  • गृहपृष्‍ठ
  • राजनिति
  • स्थानीय चुनावमा सानदार पराजय भोगेपछि अबको चुनाव विप्लवले बहिष्कार गर्ने

स्थानीय चुनावमा सानदार पराजय भोगेपछि अबको चुनाव विप्लवले बहिष्कार गर्ने


कान्तिपथ


नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगामी मंसिर ४ गते हुने निर्वाचन बहिष्कार गर्ने जनाएको छ । पार्टीभित्र निर्वाचनमा भाग लिने/नलिने दुई धार देखिँदै आएपनि अहिले आएर चुनाव बहिष्कार गर्ने निर्णयमा पुगेको हो । विप्लव समूहले गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा भने स्वतन्त्र उम्मेदवारी दिएर भाग लिएको थियो तर सानदार पराजय बेहोरेको थियो।

सरकारले चुनावमा जाने वातावरण नबनाएकाले बहिष्कार गरिएको पार्टीका केन्द्रीय सदस्य असल क्षेत्रीले बताएका छन् । उनले चुनावलाई उपयोग गर्नुपर्छ भन्ने रहेपनि सरकारले कहिले पक्राउ पुर्जी जारी गरेर धम्क्याउँने र कहिले बन्दी रिहा र मुद्दा फिर्ता नगरेर सताउँने गरेकाले निवाएचन बहिष्कार गर्ने निर्णयमा पुगेको उनको भनाइ छ ।

सरकारले गत साउनमा विप्लवसहित शीर्ष नेताहरुलाई पक्राउ पुर्जी जारी गरेपछि असोज १ गतेदेखि गर्ने भनिएको ९औं महाधिवेशन समेत प्रभावित भएको थियो ।

विप्लव नेतृत्वको नेकपाले असोज १ गते काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । सरकारले पक्राउ पुर्जी जारी गरेपछि स्थगित भएको विप्लव नेतृत्वको नेकपाको महाधिवेशन अनिश्चित बनेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत