आइतवार, अशोज ९, २०७९

पसलमा राखेको साइन बोर्डको पनि कर उठाउंदै बालेन !


कान्तिपथ


काठमाडौं महानगरपालिकामा व्यबसाय गर्नेहरूले आफ्नो पसलमा राखेको आफ्नै परिचय पाटी(साइन बोर्ड) को समेत कर तिर्नुपर्ने भएको छ। काठमांडौ महानगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै ३० दिनभित्र उक्त कर तिरिसक्न आग्रह गरेको हो।

काठमाडौं महानगरपालिका क्षेत्रभित्र व्यापार व्यवसाय गर्ने केही व्यक्ति, सङ्घ संस्थाहरूले आफ्नो कार्यस्थलमा बाहिर राखिआएको परिचय पाटी (व्यक्ति व्यवसाय वा सक्ष्य संस्थाको परिचय खुल्ने नाम भएको) राखे बापत महानगरपालिकालाई बुझाउन पर्ने परिचय पाटी शुल्क बुझाएको भन्दै सूचना प्रकाशन भएको ३० (तीस) दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई महानगरपालिकाको आर्थिक ऐन, २०७९ को अनुसूची ९ बमोजिमको निम्नानुसारको शुल्क बुझाउन आग्रह गरेको छ।

उक्त अवधिभित्र परिचय पाटी शुल्क नबुझाएमा वा तोकिएको साइजभन्दा ठूलो परिचय पाटी राखेको पाइएमा त्यस्ता परिचय पाटी महानगरपालिकाले तत्काल हटाउने जनाएको छ।

परिचय पाटी ६ वर्ग फुटसम्म एक वटाको ५०० रूपैयाँ, परिचय पाटी १५ वर्ग फुटसम्मको १००० रूपैयाँ र १५ वर्ग फुटभन्दा माथि ३० वर्गफुटसम्मको प्रतिवर्ग फुट १००० रूपैयाँ बार्षिक शुल्क लाग्ने र ३० वर्गफुट भन्दा माथिको परिचय पाटी राख्न पाइने छैन।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत