बिहिबार, मंसिर २१, २०८०

‘बाल्ट्रा बम्पर बबाल’ उपहार योजना सार्वजनिक


कान्तिपथ


चाडपर्वको अवसरमा ग्राहकलाई लक्षित गर्दै बाल्ट्राले ‘बाल्ट्रा बम्पर बबाल’ उपहार योजना ल्याएको छ।

बाल्ट्राको कुनै पनि उत्पादन किन्दा लक्की ड्रमार्फत् हरेक हप्ता पाँच जनाले इन्डक्स कुकिङ सेट जित्न सक्नेछन्। जसमा विजेताले पाउनेछन् इन्डक्सन कुकटप, प्रेसर कुकर र कढाई। यसका साथै बम्परमा पाँच जनाले १/१ तोला सुन जित्न सक्ने कम्पनीले जनाएको छ।

नेपालभर रहेका बाल्ट्राका आधिकारिक बिक्रेता (डिलर, रिटेलर, एक्स्क्लुसिभ शोरुम तथा अनलाइन रिटेलर) बाट बाल्ट्राका जुनसुकै प्रडक्ट खरिद गर्ने ग्राहक यस प्रतियोगितामा सहभागी हुन सक्नेछन्। उपहार दाबी गर्नका लागि विजेताले सामान खरिद गरेको भ्याट वा प्यान बिल ल्याउनुपर्नेछ।

यसका साथै उपहारमा लागू हुने कर विजेता आफैंले व्यहोर्नुपर्ने छ। यो उपहार योजना भदौ २८ देखि कात्तिक १४ गतेसम्मका लागि मात्र लागू गरिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत