आइतवार, अशोज ९, २०७९

हत्या मुद्दामा पूर्व मन्त्री सञ्जयकुमार साहलाई जन्मकैद


कान्तिपथ


सञ्चार उद्यमी अरुण सिघानियाको हत्यामा पूर्व राज्यमन्त्री सञ्जयकुमार साहलाई जिल्ला अदालत, धनुषाले गरेको जन्मकैदको सजायलाई उच्च अदालत, जनकपुरले पनि सदर गरेको छ।

उच्च अदालतका न्यायाधीशद्वय प्रमोदकुमार श्रेष्ठ र डालकुमार खड्काको संयुक्त इजलासले बुधबार जिल्लाको फैसलालाई नै सदर हुने गरी आदेश गरेको जिल्ला अदालतका रजिस्टार खड्गराज अधिकारीले जानकारी दिए। यस मुद्दामा आठ दिनदेखि उच्च अदालतमा बहस हुदै आएको थियो।

जनकपुर टुडेका सञ्चालक सिंघानियाको २०६६ फागुन १७ गते होलीको दिन गोली हानेर हत्या भएको थियो। हत्या मुद्दामा २०७६ असार १७ गते जिल्ला अदालत, धनुषाले साहसहितका सुटर मनक लामालाई जन्मकैदको सजाय सुनाएको थियो।

हत्यामा संलग्न साहको नजिकका भनिएका रामविनोद यादवलाई तीन वर्ष, एकलाल सहनीलाई १० वर्ष, चन्द्रदीप यादवलाई १० वर्ष, पवन लामालाई १० वर्ष र मुकेश चौधरीलाई २० रुपैयाँ जरिमाना गरिएको हो। रामकरण, ओमप्रकाश यादव र अंसी राइनले सफाइ पाएका थिए।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत