बिहिबार, मंसिर २१, २०८०

अर्थसँग मागियो चुनाव घोषणापछिका रकमान्तरको विवरण


कान्तिपथ


अर्थमन्त्रालयले बजेट वक्तव्यमा उल्लेख भएका स्वीकृत वार्षिक कार्यक्रम बाहेकमा पनि चुनाव घोषणा भइसकेपछि रकमान्तर निकासा र श्रोत सुनिश्चितता गरेको भन्दै निर्वाचन आयोगले त्यसतर्फ आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले चुनावको मिति घोषणा भएपछि अर्थात् साउन १९ गतेयता रकमान्तर र श्रोत सुनिश्चितता गरिएको छ वा छैन भन्ने बारेमा २४ घन्टाभित्र स्पष्ट पार्न र विवरण बुझाउन भनेको छ ।

स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम भन्दा पृथक् तरिकाले नयाँ योजना तथा कार्यक्रमहरु सञ्चालन हुँदा निर्वाचनको निष्पक्षता, स्वतन्त्रता र स्वच्छतामा प्रतिकूल असर पर्ने आयोगले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत