सोमवार, मंसिर १२, २०७९

सञ्चारग्राम स्थापनामा एक करोड विनियोजन : मुख्यमन्त्री पाण्डे


कान्तिपथ



बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उक्त प्रदेशमा सञ्चारग्राम स्थापना गर्न एक करोड विनियोजन गरिएको बताउनुभएको छ ।

समाजवादी प्रेस सङ्गठन नेपालको बागमती र उपत्यका प्रदेशको संयुक्त भेलाको उद्घाटनका क्रममा उहाँले सञ्चार क्षेत्रको विकासका लागि प्रदेशभित्र स्थापना गरिएका सबै सञ्चारमाध्यमलाई नवीकरण दस्तुर छुट दिएको बताउनुभयो । मुख्यमन्त्री पाण्डेले समाजमा विद्यमान भ्रष्टाचारको न्यूनीकरणका लागि पत्रकार क्रियाशील भई सुशासन कायम गर्न सकिने र उनीहरुका सङ्गठनमा संविधानअनुसारको विभाग राख्न उपयुक्त हुने बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले समाजमा भएका घटनाको सत्यतथ्य सूचना सञ्चार क्षेत्रले यथार्थ तथा निष्पक्ष भई प्रस्तुत गर्नुपर्ने बताउनुभयो । सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख खतिवडाले जनताको सामाजिक रुपान्तरणका लागि सञ्चारकर्मी संवेदनशील हुनुपर्नेमा बताउनुभयो । उहाँले पार्टीले आसन्न निर्वाचन प्रचारका लागि जिल्ला, प्रदेशका प्रचार कमिटीसँग समन्वय गरिरहेको छ भन्नुभयो ।

नेपाल पत्रकार महासङ्घका सचिव गोविन्द चौलागाईंले श्रमजीवी पत्रकारका सेवासुविधा कटौती गर्न थालिएकामा चिन्ता व्यक्त गर्नुभयो । वरिष्ठ पत्रकार किशोर श्रेष्ठ, समाजवादी प्रेस सङ्गठनका उपाध्यक्षत्रय विश्वमणि सुवेदी, नवराज छतकुली र शान्तराम बिडारी, पत्रकार ध्रुव रायमाझीलगायतले समानुपातिक विज्ञापन प्रणाली कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उक्त भेलाले उपत्यका र प्रदेशमा केही कमिटी निर्माण गरी जिम्मेवारी तोक्नेछ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत