सोमवार, मंसिर १२, २०७९

विकृति न्यूनीकरण गर्न प्रहरीद्वारा सचेतना अभियान


कान्तिपथ



बैतडी प्रहरीले विद्यालय विद्यालयमा गएर सचेतनामूलक कार्यक्रम सञ्चालनमा ल्याएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विद्यालयमा पुगेर विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

कार्यक्रमअन्तर्गत यहाँ विभिन्न विद्यालयमा गरी ७४ वटा कार्यक्रम सम्पन्न भइसकेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो ।

कार्यक्रमअन्तर्गत जिल्लाका सबै प्रहरी चौकीबाट टोली खटेर विद्यालयमा सचेतना कक्षा सञ्चालन भइरहेको छ । समाजमा हुने विभिन्न विकृतिलाई न्यूनीकरण गर्न विद्यालयमा गएर विद्यार्थीलाई सचेतना दिन थालिएको हो ।

सो कार्यक्रम अन्र्तगत सामाजिक सञ्जालको गलत प्रयोग र कानुनी व्यवस्था, लागुऔषध दुव्र्यसनी रोकथाम, लैङ्गिक, घरेलु हिंसा, आत्महत्या, बालविवाह, सामाजिक अपराध रोकथाम, ठगिका घटनालगायतका विषयमा छलफल गर्ने गरिएको छ ।

उहाँले भन्नुभयो, “विद्यालयमै पुगेर किशोरकिशोरीसँग गरिने अन्तक्र्रियाले समाजमा हुने विभिन्न विकृतिलाई न्यूनीकरणका साथै हिंसाका घटनामा कमी हुने विश्वास छ ।” विद्यालयमा सञ्चालन हुने कक्षामा बालविवाह न्यूनीकरण, घरेलु हिंसा, लागुपदार्थ नियन्त्रण, आत्महत्या रोकथामलगायत विषयमा छलफल हुने गरेको छ । समाजमा रहेका विभिन्न हानिकारक प्रथा प्रचलन हटाउनका लागि प्रहरीले सक्रियता देखाएको हो ।

विद्यालयमा पुगेर प्रहरीले सचेतना दिने कार्यले समाजमा परिवर्तन आउनुका साथै, प्रहरी विद्यालयमै पुगेर सचेतना कक्षा सञ्चालन गर्दा विद्यार्थीमार्फत समाजमा हुने आपराधिक गतिवधि न्यूनीकरणमा सहयोग पुग्ने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।गत साउनदेखि सञ्चालनमा रहेको उक्त अभियानलाई निरन्तता दिइएको छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत