सोमवार, मंसिर १२, २०७९

डीभी परेका सातजना नक्कली शैक्षिक प्रमाणपत्रसहित पक्राउ


कान्तिपथ


काठमाडौं । अमेरिकाको डाइभर्सिटी भिसा (ईडीभी) परेका सात जनालाई नक्कली शैक्षिक प्रमाणपत्रसहित प्रहरीले पक्राउ गरेको छ ।

ईडीभी २०२१ को नतिजामा नाम निकालेका तर भिसा प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

भिसा प्रयोजनका लागि १० २ को नक्कली ‘एकेडेमिक ट्रान्सक्रिप्ट’ बनाएको गोप्य सूचनाको आधारमा अमेरिकी दूतावाससँगको समन्वयमा बुधबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई महाराजगंजस्थित अमेरिकी दूतावास र काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा हाल झापाको दमक बस्ने पाँचथर मितलाजुनका २५ वर्षीय समिर राई, कास्की पोखराका ४० वर्षीय अरुण कार्की, काठमाडौंको टोखा बस्ने नुवाकोट बेलकोटगढीकी २५ वर्षीया राधिका तामाङ, काठमाडौंको बसुन्धारा बस्ने स्याङ्जा चापाकोटकी ३८ वर्षीय सबिता श्रेष्ठ छन् ।

यसैगरी, झापा मेचीनगरका ४६ वर्षीय विदुर प्याकुरेल, काठमाडौं कागेश्वरीका २१ वर्षीय सुरजराज खत्री र अछाम मंगलसेनका २७ वर्षीय वीरेन्द्रबहादुर रावल नक्कली शैक्षिक प्रमाणपत्रसहित पक्राउ परेका हुन् ।

उनीहरूकाे साथबाट उच्च माध्यामिक शिक्षा बाेर्ड, त्रिभुवन विश्वविद्यालय र एनएबीकाे नाममा जारी भएकाे नक्कली प्रमाणपत्र बरामद गरिएकाे छ ।

यस्तै, नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न थप दुईजनालाई पनि प्रहरीले पक्राउ गरेको छ । झापा बिर्तामोडका वर्ष ४० का दिनेश प्रसाई र दमकका ४८ वर्षीय सूर्यबहादुर श्रेष्ठलाई इलाका प्रहरी कार्यालय दमक र अनारमनीको समन्वयमा पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत