सोमवार, मंसिर १२, २०७९
  • गृहपृष्‍ठ
  • अपराध
  • प्रहरी कै घुमुवालाई सेन्ट्री राखेर कोहलपुरमा भयङ्कर जुवा खाल !

प्रहरी कै घुमुवालाई सेन्ट्री राखेर कोहलपुरमा भयङ्कर जुवा खाल !


कान्तिपथ


शक्तिकेन्द्रलाई रिझाएर सरुवा भएका प्रहरी अधिकारीले प्रधानमन्त्री समेतको नाम बेचेर कमाउ अभियान थालेका छन् । चाडपर्वको समयमा त्यस्ता प्रहरी अधिकारीको असुली अभियानमा प्रहरीका हाकिमहरु समेत निरिह देखिएका छन् ।

बाँकेको कोहलपुरमा प्रहरी मिलेमतोमा जुवादेखि नदी दोहन चलिरहेको छ । डिएसपी ऐनबहादुर मल्लले आफु प्रधानमन्त्री पत्नी आरजु देउवाको मान्छे भन्दै असुली अभियान चलाएका छन् ।

कतिसम्म भने घुमुवा प्रहरीलाई नै सेन्ट्रीमा राखेर कोहलपुरमा ठूला जुवा सञ्चालन हुने गरेको छ । जसअनुसार दैनिक ४०÷५० लाखको जुवा हुने गरेको छ । जसमा प्रहरीले दुई लाख पाउने गर्दछ । प्रहरीमा सेटिङ भएकाले बुटवलदेखि महेन्द्रनगरसम्मका जुवाडे कोहलपुर पुग्दछन् । उमेशजंग शाही, विपिन शाही, अमृत गिरी, विवेक गिरी तथा माइकल नामक बिचौलियामार्फत जुवामा सेटिङ चलेको हो ।

प्रहरी पैसामा केन्द्रीत हुँदा अपराध भने बढेको छ । जसकारण ८ असोजमा बसेको सर्वपक्षिय बैठकमा दलका अगुवा तथा होटल व्यवसायीहरुले डिएसपी मल्लको आलोचना गरेका छन् । प्रहरी संरक्षणमै अपराध बढेको उनीहरुको आरोप थियो । पछिल्लो समय कोहलपुर ५, कोहलपुर ८ लगायत स्थानमा श्रृङखलाबद्ध चोरी र लुटपाटका घटना भएकोमा प्रहरीले अभियुक्त पक्राउ गर्न सकेको छैन । लागूऔषध कारोबारीसँग समेत प्रहरी मिलेकाले खुलेआम कारोबार हुन थालेको बताइएको छ । त्यस्तै, नदीमा दोहन बढ्दा प्रहरीका घुमुवाले पैसा उठाएर संरक्षण दिएको स्थानीयको आरोप छ । स्थानीय मानखोलामा बिहान र रातीको समयमा बालुवा तस्करी हुँदै आएको छ ।

डिएसपी मल्ल पैसा बुझाएर इप्रकामा गएकाले उनी सुरुदेखि नै कमाउ धन्दामा छन् । इन्सपेक्टर हुँदा बाँके ट्राफिकको प्रमुख रहेका उनी बढुवा लगत्तै कोहलपुर पुगेका थिए । जिल्लाका एसपी श्याकृष्ण अधिकारी र उनीबीच पछिल्लो समय असुलीकै कारण विवाद बढेको छ । एसपीको भन्दा आफ्नो ठूलो पावर भएको भन्दै उनले टेर्न छाडेको बताइन्छ । आरजुको मान्छे भन्दै प्रदेशका डिआइजी नल प्रसाद उपाध्यायले पनि मल्लाई कारबाही गर्न सकेका छैनन् ।

दृष्टीन्युजका अनुसार लुम्बिनीमा प्रधानमन्त्री पत्नी आरजु देउवाको नाममा पैसा असुली हुन थालेको छ । नवलपरासीको बलिनगर, भुजहवा, रुपन्देहीको मझगवा तथा कपिलवस्तुको कृष्णनगर बाट तस्करी मौलँएको हो । शक्तिको आडमा भुझहवा बिओपि पुगेका इन्सपेक्टर रामहरी श्रेष्ठले नेपालबाट हरियो केराउ तथा भारतबाट खाद्यान्न लगायत विभिन्न सामानको तस्करी गराइरहेको श्रोत बताउंछ । उनी यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षामा खटिएका थिए । प्रधानमन्त्रीकै नाम लिएर उनले लाइन खोलेको स्रोत बाउँछन् ।

कमाउ अड्डा नपाए पछि काज माथी काज गराएर कृष्णनगर भन्सार पुगेका इन्सपेक्टर जोगेन्द्र केसिको धन्दा पनि फस्टाएको छ । मुख्यालयले शुरुमा उनको बेलौरी बिओपी कंचनपुर काज सरुवा गरेको थियो । त्यहाँ कमाइ नहुनेभएपछि शक्तिकेन्द्रलाई खुशी बनाई फेरि कृष्णनगर काज जान सफल भए । पहिले त्यहाँ गुल्म हुंदा समेत बसेका उनी पछि गुल्म खारेज भएर बिओपी भए पछि पनि कमाउ धन्दाका लागि नै डबल काज गराउन सफल भएको स्रोत बताउंछ । उनी यसअघि पनि ५ नम्बर बाहिनीका डिआइजी कुल बहादुर नेम्वाङको उठन्ती धन्दामा खटाइएका थिए । नेम्वाङले प्रत्येक बिओपी बाट मासिक २० हजारका दरले रकम उठाउने गर्थे ।

यता बलिनगर नाकाको अवस्था पनि उस्तै छ । बेश–बिओपी बिना बस्न नसक्ने इन्सपेक्टर सुनिल गिरी पनि तस्करी धन्दाकै लागि काज माथि काज गराएर त्यहाँ जान सफल भएका हुन् । शक्तिकेन्द्रको पावरमा बिओपी पुगेका इन्सपेक्टरहरुलाई लुम्बिनी प्रदेशमा हालै सरुवा भएका डिआइजी बिदुर खड्काले रोक्न सक्छन् सक्दैनन् प्ररिक्षाको विषय छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत