सोमवार, मंसिर १२, २०७९

उम्मेदवारले ३३ लाखसम्म चुनावी खर्च गर्न पाउने आयोगको प्रस्ताव


कान्तिपथ


निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदवारले गर्ने खर्चको सीमा तोक्न मंगलबार विभिन्न राजनीतिक दलरूसँग छलफल गर्ने भएको छ। आयोगले १२ दलका प्रतिनिधिलाई छलफलका लागि बोलाएको छ। आयोग प्रवक्ता शालिग्राम पौडेलले ११ बजे दलहरूसँग छलफल सुरु भएको बताए।

आयोगका अनुसार २०७४ को तुलनामा उम्मेदवारले गर्न पाउने खर्च बढाउने तयारी छ। २०७४ को निर्वाचनमा प्रदेशसभातर्फ प्रतिउम्मेदवार १५ लाख र प्रतिनिधिसभातर्फ २५ लाख रुपैयाँ खर्च सीमा तोकेको आयोगले आउँदो चुनावमा त्यसमा हेरफेर गर्न लागेको हो। त्यसका लागि आयोगले दलहरूलाई खर्च सीमाको प्रस्ताव अध्ययनका लागि पठाइसकेको छ। यस्तो खर्च जिल्लाअनुसार फरक–फरक हुनेछ।

आयोगका प्रवक्ता पौडेलले खर्च सीमाबारे विभिन्न प्रस्तावमा छलफल भएको र तिनै प्रस्तावमाथि सुझाव लिएर निर्णय गरिने जानकारी दिए। ‘तथ्यपरक ढंगले उम्मेदवारले गर्न पाउने खर्चबारे निर्णय हुन्छ। त्यसमा जिल्ला र निर्वाचन क्षेत्रको भूगोलदेखि जनसंख्यासमेतलाई हेरिन्छ’, प्रवक्ता पौडेलले भने।

आयोगले तयार पारेको प्रस्तावमा १६५ निर्वाचन क्षेत्रलाई ५ वटा आधारमा विभाजन गरिएको छ। २५ लाखदेखि ३३ लाखसम्म एक उम्मेदवारले खर्च गर्न पाउने प्रस्ताव छ। आयोगले गरेको प्रस्ताव अनुसार ५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले २५ लाख, २३ वटाले २७ लाख, ६६ वटाले २९ लाख, ४४ वटाले ३१ र २७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले ३३ लाखसम्म खर्च गर्न पाउने गरी प्रस्ताव गरिएको छ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत