बिहिबार, फाल्गुन १, २०८१

ऐतिहासिक अमरगढी किल्ला जीर्ण बन्दै


कान्तिपथ



यहाँ अवस्थित पश्चिम नेपालकै ऐतिहासिक पर्यकीयस्थलको महत्वपूर्ण सम्भावना बोकेको अमरगढी किल्ला जीर्ण बन्दै गएको छ ।

पर्यटन वर्षका अवसरमा सरकारले घोषणा गरेका सय पर्यटकीय गन्तव्यमा परेको अमरगढी किल्ला जीर्ण बनेको छ । द्वन्द्वकालमा नेपाली सेनाको कब्जामा रहेको किल्लामा अहिले छाडेको छ । सेनाले छाडेपछि किल्लाको जीर्ण बन्दै गएको छ । गत वर्ष पुरातत्व विभागबाट किल्ला पुनःनिर्माण र मर्मतका नाममा बजेटबाट किल्ला मर्मतभन्दा पनि बाहिरी सजावटमै खर्च हुँदै आएको छ । अमरगढी किल्ला विकास समितिले किल्लाको सबै जिम्मेवारी पाए पनि मर्मत तथा सुधारमा चासो दिएको छैन ।

अमरगढी नगरपालिका यही किल्लाको नामबाट २०५४ सालमा नामकरण गरिएको हो । नगरपालिकाले स्थापनापछि विसं २०५६ मा किल्लालाई आफ्नो मातहतमा ल्याएको थियो । विसं २०५८ मा तत्कालीन माओवादी द्वन्द्वका बेला जिल्लालाई सुरक्षा दिन यो किल्ला नेपाली सेनाले आफू मातहत ल्याएको थियो । त्यसपछि किल्ला प्रवेशमा पर्यटकलाई प्रतिबन्ध लगाइएको थियो । विसं २०५८ देखि २०६६ सम्म किल्ला सेनाको मातहत रह्यो । स्थानीयको पटकपटकको प्रयासपछि २०६६ साल पुसदेखि किल्लाको नगरपालिकाले रेखदेख र सञ्चालन गर्ने जिम्मा पाएको हो ।

किल्लाभित्र रहेको ऐतिहासिक हातहतियार तथा तत्कालीन युद्धरत सैनिकका पोशाक राख्न, प्रचार गर्न जरुरी रहेको स्थानीय सुरेश थापाले बताउनुभयो । प्रत्येक आर्थिक वर्षमा नगरपालिकाले नगरभित्रका मुख्य पर्यटकीयस्थलको प्रचारका लाखौँ रुपैयाँ विनियोजन गरिएको नपाले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत