सोमवार, मंसिर १२, २०७९

बाबुराम भट्टराई लेख्छन्– पश्चगामी शक्तिहरू सलबलाउन थाले


कान्तिपथ


नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले पश्चगामी शक्तिहरू सलबलाउन थालेको बताएका छन्। जनता र युवा पुस्तामा बढ्दो असन्तुष्टिको धमिलो पानीमा माछा मार्न उनीहरू सलबलाउन थालेको भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।

दल र नेता खराब भए भन्दैमा इतिहासले मिल्काइसकेको संस्था/व्यक्ति फर्काउने गल्ती गर्न नहुने उनको भनाइ छ।

‘जनता र युवा पुस्तामा बढ्दो असन्तुष्टिको धमिलो पानीमा माछा मार्न विभिन्न रूप र रंगमा पश्चगामी शक्तिहरू सलबलाउन थाल्नु गम्भीर छ, यसबारे युवा पुस्ता बेलैमा सतर्क रहन जरुरी छ’, भट्टराईले लेखेका छन्, ‘दल र नेता खराब भए अझै राम्रो दल र नेता छान्ने/बनाउने हो तर इतिहासले मिल्काइसकेका संस्था/व्यक्ति फर्काउने हैन।’

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत