सोमवार, मंसिर १२, २०७९

काठमाडौँ २ का समाजवादीका मियोले छाडे पार्टी


कान्तिपथ


कागेश्वरी मनोहरा नगरपालिकाका पूर्वमेयर कृष्णहरि थापाले नेकपा एस छाडेका छन् । कागेश्वरी माधव नेपालको क्षेत्र हो । नेता नेपालको विश्वास पात्र मानिएका थापा गत स्थानीय चुनावदेखि नै नेतृत्वप्रति असन्तुष्ट थिए ।

शनिबार बिहान सामाजिक सञ्जालमार्फत दसैँको शुभकामना दिँदै उनले आजकै मितिबाट पार्टीको कुनै पदमा नरहेको घोषणा गरेका हुन् ।

‘आज मिति २०७९ आश्विन १५ गते (१ अक्टोवर २०२२) गतेदेखि नेपाल कम्युनिष्ट पार्टी (एकिकृत गठबन्धनवादी) को कुनै पनि पदमा नरहेको सबैमा जानकारी गराउँदछु ‘, थापाले लेखेका छन् ।

उनी नेकपा एसका केन्द्रीय लेखा आयोग सदस्यसमेत रहेका थापा काठमाडौं-२ का प्रभावशाली नेता मानिन्छन् । ७४ मा उनी एमालेबाट मेयर निर्वाचित भएका थिए ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत