सोमवार, मंसिर १२, २०७९
  • गृहपृष्‍ठ
  • अपराध
  • सन्दीपलाई उनकै पोस्टमा बलात्कारी भनेपछि जयनारी सावित्रा विरुद्ध खनिए सन्दीपका फ्यान

सन्दीपलाई उनकै पोस्टमा बलात्कारी भनेपछि जयनारी सावित्रा विरुद्ध खनिए सन्दीपका फ्यान


कान्तिपथ


नेपाली राष्ट्रिय टिमका निलम्बित कप्तान सन्दीप लामिछानेले आफू जतिसक्दो चाँडो नेपाल फर्किएर झूटा उजुरीको डटेर प्रतिवाद गर्ने बताएका छन् । अहिले सन्दिप कहाँ छन् र कहिले आउछन नेपाल भन्ने सबैको चासोको बिषय बनेको छ। शनिबार बिहानै संदीपले सामाजिक संजालमा पोस्ट गर्दै नेपाल आउने बारे जानकारी दिएका छन्।

सन्दीपले गरेको यो पोस्टमा कमेन्ट गर्दै  जयनारी अभियानकी सावित्राले सन्दीपले बलात्कारी होस् भनिकी छन्। यस कमेन्टमा सन्दीपका समर्थकले ऊनि माथि गाली गरेका छन् । ”अपराधै नगरको मान्छे किन लुकेको ?बलात्कारी होस् #बलात्कारीलाई फाँसी दे !” भनेर कमेंट गरेकी थिईन ।

अक्टोबर ६, २०२२ अर्थात अशोज २० गते नेपाल आउने र आफु बिरुद्द लागेको झुटो आरोपको बिरुद्द लड्ने बताएको छन्।  उनि थप लेख्छन “ठूलो आशा र शक्तिका साथ, म यही अक्टोबर ६, २०२२ मा मेरो गृह देश नेपाल आउने छु र झूटा आरोप विरुद्ध कानुनी लडाई लड्न आफूलाई नेपालको अख्तियारमा पेश गर्नेछु।

म निर्दोष छु र न्याय प्रणालीमा मेरो पूर्ण विश्वास छ भनी दोहोराउँछु। सबै कानून प्रवर्तन निकायहरू र सम्मानित अदालतहरू तिनीहरूको निष्पक्ष सुनवाई र निर्णयमा म दृढ विश्वास गर्दछु र म छिटो भन्दा छिटो न्याय पाउने आशावादी छु।

मेरा प्रिय शुभचिन्तकहरू म निर्दोष छु र मैले तपाईलाई कुनै गल्ती गरेको छैन भनी सबैलाई आश्वासन दिन्छु। मैले भोगेको अप्रिय अवस्थाबाट मुक्त भएँ र आफूलाई निर्दोष र षड्यन्त्रको सिकार साबित गर्नको लागि यो परीक्षाबाट गुज्रन तयार छु । म माथि लगाइएका सबै गलत आरोप समयको अन्तरालमा उजागर हुनेमा म विश्वस्त छु ।”

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत