सोमवार, मंसिर १२, २०७९
  • गृहपृष्‍ठ
  • अपराध
  • खानीखोलाको ब्यारेकभित्रै महिला प्रहरी बलात्कृत, इन्स्पेक्टर पक्राउ

खानीखोलाको ब्यारेकभित्रै महिला प्रहरी बलात्कृत, इन्स्पेक्टर पक्राउ


कान्तिपथ


१६ असोज, काठमाडौं । आफ्नै अंगरक्षक (सुरक्षा गार्ड) प्रहरी महिलामाथि जबरजस्ती करणी उद्योग गरेको अभियोगमा उजुरी परेपछि इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी इन्स्पेक्टर पक्राउ परेका छन् ।

पीडित महिला प्रहरी र आरोपित प्रहरी निरीक्षक अपूर्व ढुंगाना इलाका प्रहरी कार्यालय, खानीखोलामा कार्यरत थिए । ढुंगाना यहाँका प्रमुख समेत हुन् । उनलाई महिला प्रहरीको उजुरीका आधारमा छानबिनका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको जिप्रका धादिङका प्रमुख प्रहरी उपरीक्षक राकेश सिंहले पुष्टि गरे ।

त्यही कार्यरत महिला प्रहरीले जबरजस्ती करणीको प्रयास गरेको जाहेरी दिएपछि शनिबार ढुंगानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । स्रोतका अनुसार आरोपित प्रहरी निरीक्षक ढुंगानालाई हतकडी लगाएरै जिल्ला प्रहरी कार्यालयमा लगिएको थियो ।

जिल्ला प्रहरी कार्यालय, धादिङका प्रवक्ता डीएसपी श्यामबहादुर खत्री भन्छन्, ‘यहाँ ल्याएर बुझ्ने काम भइरहेको छ ।’ खानीखोलाको प्रहरी निरीक्षकमा पोस्टिङ हुनका लागि पावर र पैसाको प्रयोग हुने गर्छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी श्यामबहादुर खत्रीका अनुसार महिला प्रहरी बस्ने क्वार्टरमै गएर प्रहरी निरीक्षक ढुंगानाले जबर्जस्ती करणी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरेर छानबिन भइरहेको छ ।

प्रहरी निरीक्षक ढुंगानाले ती महिला प्रहरीलाई आफ्नै सुरक्षागार्ड बनाएर राखेका थिए । पछिल्लो समय उनीहरुबीच विवाद हुने गरेको र ती महिला प्रहरीले असमझदारी बढेको बेला पछिल्लो हर्कतपछि उजुरी दिएको बताइएको छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत