सोमवार, मंसिर १२, २०७९
  • गृहपृष्‍ठ
  • अपराध
  • आफ्नै सहकर्मी बलात्कारको आरोपमा खानीखोलाका विवादित ईन्सपेक्टर पक्राउ

आफ्नै सहकर्मी बलात्कारको आरोपमा खानीखोलाका विवादित ईन्सपेक्टर पक्राउ


कान्तिपथ


महिला प्रहरीमाथि जबरजस्ती करणी प्रयासमा धादिङको इलाका प्रहरी कार्यालय, खानीखोलामा कार्यरत प्रहरी निरीक्षक अपूर्व ढुंगानामाथी मुद्दा दर्ता भएको छ ।

जबरजस्ती करणी उद्योगमा पीडित पक्षको मौखिक उजुरीको आधारमा आइतबार फुलपातीको दिन बिहान ढुंगानालाई प्रहरीले पक्राउ गरेको हो।

लिखित उजुरी परेपछि जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक (डिएसपी)श्याम बहादुर खत्रीले जनाकारी दिए ।

शनिबार बिहान करिब एक बजे कार्यालय परिसरभित्रै करणी प्रयास भएको उनले बताए । ढुंगानालाई अहिले जिल्ला प्रहरी कार्यालय धादिङको हिरासतमा राखिएको छ ।

उनी १० महिना अघिदेखि इलाका प्रहरी कार्यालय खानीखोलामा प्रमुखको जिम्मेवारीमा थिए । पक्राउ परेका प्रहरी निरीक्षक ढुंगाना माथि थप अनुसन्धान भइरहेको डिएसपी खत्रीले बताए ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत