शनिबार, मंसिर १६, २०८०

काठमाडौँ उपत्याकासहित पश्चिममा भारी वर्षा, काठमाडौँमा दिउँसो ३ बजेपछि वर्षा रोकिने


कान्तिपथ


काठमाडौँ उपत्यकासहित देशका विभिन्न भू–भागमा गए रातिदेखि नै वर्षा भइरहेको छ । देशको पश्चिमी भागमा भारी मात्रामा वर्षा भएको बताइएको छ । वर्षाका कारण आज विजया दशमीका दिन मानिसहरुलाई टीकाका लागि आवतजावत गर्न तथा आफन्त भेटघाट गर्न कठिनाइ भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेकाले आज दिनभर देशैभर हल्का तथा मध्यम वर्षा हुने अनुमान छ । आज प्रदेश नं १, मधेश प्रदेश तथा बागमती प्रदेशमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुनेछ भने अन्य प्रदेशमा हल्कादेखि मध्य वर्षा भइरहेको छ । वरिष्ठ मौसमविद् शान्ति कडेँलका अनुसार काठमाडौँ उपत्यकामा हल्का वर्षा भइरहेको छ । विगत १२ घण्टामा काठमाडौँमा ३० एमएमको हाराहारीमा पानी परेको छ । “उपत्यकामा हल्का सिमसिम पानी पर्छ, ३÷४ बजेतिर पानी रोकिन्छ” उहाँले रासससँग कुरा गर्दै भन्नुभयो, “सिमसिम पानी परिरहन्छ तर ठूलो वर्षा हुदैन । मौसम खुल्ने सम्भवाना छैन, बदली रहन्छ ।” उहाँले यो प्रक्रिया अझै २÷३ दिन रहने जानकारी दिँदै भन्नुुभयो, “पश्चिम र सुुदूरपश्चिमतिर आज र राति पनि भारी वर्षा हुने सम्भावना छ । यो प्रक्रिया अझै २÷३ दिनसम्म रहन्छ । यो वर्षाले पश्चिममा बाढी पहिरो, खेतीपातीमा क्षति हुने समेत सम्भावना छ ।” उहाँका अनुसार पूर्व र मध्यम भागमा सामान्य पानी पर्नेछ भने पश्चिममा भारी वर्षाले क्षति हुने पनि सम्भावना देखिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत