बुधबार, फाल्गुन १६, २०८०

एमालेमा पहिरो जाने क्रम रोकिएन : केन्द्रीय अर्थ विभागका सचिवले पनि छाडे


कान्तिपथ


नेकपा एमालेका नेता योगेन्द्र शाहीले पार्टी परित्याग गरेका छन्। प्रदेश सभा सदस्य निर्वाचन लड्न उम्मेदवारमा सिफारिस भएर पनि टिकट नपाएपछि शाहीले पार्टी परित्याग गरेका हुन्। शाही घनश्याम भुसाल निकट थिए।

उनी एमालेको केन्द्रीय अर्थ तथा योजना विभागका सचिवसमेत हुन्। दैलेख निर्वाचन क्षेत्र नम्बर-२ प्रदेश सभा (ख) का लागि शाहीको नाम सिफारिस भएको थियो। टिकट नपाएपछि एमालेको कर्णाली प्रदेश कमिटी सदस्यसमेत रहेका शाहीले विज्ञप्ति जारी गरी आफूले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।

उनको स्थानमा दैलेख प्रदेश सभातर्फ निर्वाचन क्षेत्र नम्बर २ (ख) का लागि प्रतिनिधि सभाका लागि सिफारिसमा परेका एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले टिकट पाएका छन्।

‘एमालेले गर्ने एकलौटी मनमौजी निर्णय, इमान्दार र सोझा कार्यकर्तालाई पाखा लगाई चाटुकार र आसेपासेलाई पार्टीमा स्थान दिनदेखि अझ पछिल्लो अवधिमा क। भीम रावल र घनश्याम भुसालमाथि साँधिएको चरम पूर्वाग्रहजस्ता क्रियाकलाप एक लोकतान्त्रिक पार्टीको जीवनमा कल्पना गर्न नसकिने विषय हो। यस्तै विविध कारण मैले नेकपा एमाले नेतृत्वमा विवेक, चिन्तन र स्वतन्त्रता भाव हराएको महसुस गरी आजकै दिनदेखि नेकपा एमाले परित्याग गरेको छु,’ शाहीले विज्ञप्तिमा लेखेका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत