शनिबार, माघ २६, २०८१

तेब्बर मतले जित्छु : महेश बस्नेत


कान्तिपथ


नेकपा एमालेका नेता महेश बस्नेतले प्रतिनिधि सभाको प्रत्यक्षमा मनोनयन दर्ता गराएका छन् । आइतवार भक्तपुरको प्रतिनिधिसभा २ नम्बर क्षेत्रबाट प्रतिनिधि सभाको प्रत्यक्षमा मनोनयन दर्ता गराएका हुन् ।

निर्वाचनमा विजयी बनेसँगै भक्तपुरमा औद्योगिकरणका साथै नयाँ शहर निर्माणको काम गर्ने र रोजगारी सिर्जना गर्ने काम आफ्नो लक्ष्य रहेको बताए । उनले आफू तेब्बर मतान्तरका साथ विजयी हुने पनि बताए ।

नेकपा एमाले भएन भने राष्ट्रिय राजनीति कमजोर हुन्छ । हामी यसपालिको निर्वाचनको हाम्रो प्रतिपक्षी प्रतिष्पर्धा काँग्रेस भन्दा तेब्बर भोटको अन्तरले जित्नेछौँ ।’ नेता बस्नेतले गठबन्धन जनताको बीचमा अलोकप्रिय र आलोचित भइरहेको बताए । उनले आगामी निर्वाचनमा प्रतिपक्षी काँग्रेसको भन्दा तेब्बर मतान्तरले आफू विजयी बन्ने दाबी गरे ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत