सोमवार, माघ ७, २०८१

जेलभित्रैबाट रेशम चौधरीको मनोनयन दर्ता


कान्तिपथ


रेशम चौधरी जेलभित्रैबाट चुनाव लड्ने भएका छन्। बर्दिया क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालयमा उनको उम्मेदवारी दर्ता भएको छ। श्रीमती रञ्जिता श्रेष्ठ चौधरीको नाममा दर्ता भएको नागरिक उन्मुक्ति पार्टीबाट रेशम चुनाव लड्न लागेका हुन्। आज निर्वाचन अधिकृतको कार्यालयमा पुगेर बुबा लालवीरले रेशमको उम्मेदवारी दर्ता गराएका हुन्।

थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते भएको ‘टीकापुर घटना’मा आठ सुरक्षाकर्मीसहित एक नाबालकको हत्या भएको थियो। उक्त हत्याको अभियोग प्रमाणित भएपछि चौधरी डिल्लीबजारस्थित कारागारमा छन्। उनलाई टीकापुर हत्याकाण्डको मुख्य योजनाकार रहेको आरोप छ।

२०७४ को आम निर्वाचनमा उनी भूमिगत हुँदै कैलाली १ बाट राजपाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। रेशमले वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मदनकुमारी शाहलाई २० हजार ९३५ को मतान्तरले हराएका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत