बुधबार, फाल्गुन १६, २०८०
  • गृहपृष्‍ठ
  • राजनिति
  • एमालेले प्रपन्चमा फसे निर्वाचन अधिकृत : नेताको फोनकै भरमा विपक्षीको उम्मेदवारी खारेज

एमालेले प्रपन्चमा फसे निर्वाचन अधिकृत : नेताको फोनकै भरमा विपक्षीको उम्मेदवारी खारेज


कान्तिपथ


रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ का निर्वाचन अधिकृतको राजीनामा मागिएको छ । सो क्षेत्रका निर्वाचन अधिकृतले एमालेबाहेक सत्ता गठबन्धनलगायतका उम्मेदवारको मनोनयन रद्द गरेको भन्दै नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका भ्रातृ संगठनहरुले राजीनामा मागेका हुन् ।

निर्वाचन कार्यालयबाट गरिएको उम्मेदवारी खारेजीको निर्णयप्रति नेपाल तरुण दल,वाइसिएल नेपाल, युवा संघ नेपाल तथा कमल भुसाल पक्षधरलगायत युवाहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । निर्वाचन कार्यालय, रुपन्देही क्षेत्र नम्बर २ लाई बुझाइएको ध्यानाकर्षणमा निर्वाचन अधिकृतले अनेक प्रपञ्च रचेकाले निजलाई तत्काल निश्कासन गरेर पुनः निर्वाचन कार्यतालिका सार्वजनिक गर्न चेतावनीसहित अनुरोध गरिएको छ ।

पत्रमा भनिएको छ, ‘हाम्रो ज्ञापनपत्रलाई बेवास्ता गरी निर्वाचन कार्यतालिका अगाडि बढाएमा भोलिदेखि हामी अनिश्चितकालीन रुपन्देही क्षेत्र नम्बर २ बन्दको समेत घोषणा गर्न चाहन्छौं । यसबीचमा हुने सम्पूर्ण भौतिक तथा अन्य क्षतिको जिम्मेवार स्वयम् निर्वाचन आयोग हुनेछ ।’

यसरी चेतावनी दिनेहरुमा नेपाल तरुण दलका सुजन पुन,अखिल क्रान्तिकारीका गगन रेग्मी,युवा संघ नेपालका समन गुरुङ्ग र धनसिंह खाम्चा,कमल भुसाल समर्थक प्रदीप पन्त र तरुण दलका सुनिल गुरुङ छन् ।

निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बनेका गुरुङको मुद्दा अदालतमा विचाराधिन भएको अवस्थामा नियोजित रुपमा खारेज गरेको पार्टीले आरोप लगाएको छ। नेकपा एकीकृत समाजवादी रुपन्देहीका अध्यक्ष अविराम विकले नर्थ वेष्ट नेपाल इन्फा प्रालीमा गुरुङसहित अन्य ५ जना सञ्‍चालक रहेको र अदालतमा विचाराधिन रहेको प्रमाण पेश गर्दा पनि नियोजित रुपमा खारेज गरेको बताए।

निर्वाचन अधिकृतको कार्यालय बुटवलका प्रमुख उदविर नेपालीले पूर्वाग्रहका साथ खारेजी गरेको आरोप लगाए। गठबन्धनले निर्वाचन प्रमुख नेपाली यसअघि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सेना निजि सचिवालयबाट काजमा रुपन्देही निर्वाचन क्षेत्र न. २ को अधिकृतका रुपमा आएको बताएका छन्।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनीको पेटी ठेकेदारका रुपमा गुरुङ अध्यक्ष रहेको नर्थ वेष्ट इन्फ्रा प्रालीले काम गरेको तर, चिनियाँ कम्पनी लिलाम भएर फर्किएपछि विमानस्थल निर्माणको कामको पैसा तिर्न नसकेको कम्पनीको दाबी छ। चिनियाँ ठेकेदार कम्पनीले नर्थलाई ३४ करोड तिर्न बाँकी छ। सरकारले गुरुङ अध्यक्ष रहेको नर्थलाई भगौडा चिनिया ठेकेदार कम्पनीबाट दिलाउनुपर्ने रकम नतिर्दा बेष्ट प्रोजेक्ट कन्ट्रक्सन एण्ड सप्लायर्सका अध्यक्ष अन्जित विष्टले अदालतमा मुद्दा दायर गरेका थिए।

नर्थ कम्पनीले १ करोड ५० लाख तिरिसकेको भएपनि विष्टले २ करोड २५ लाख रुपैयाँ दाबी गर्दै अदालतमा मुद्दा दिएको गुरुङको दाबी छ। यता नेकपा एमालेले भने आयोगले गरेको निर्णय नियम संगत भएको दाबी गरेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत