आइतवार, अशोज २७, २०८१

प्रहरीमा सईको तलब वरिष्ठ सईको भन्दा १७१३ रुपैयाँ धेरै


कान्तिपथ


नेपाल प्रहरीमा तल्लो तहमा थपिएका तीन नयाँ दर्जामा सेवा सुविधामा व्यापक विभेद भएको देखिएको छ । प्रहरीमा तल्लो दर्जामा १० वर्षभन्दा लामो समयसम्म पनि एकै दर्जामा बस्दा मनोबल र कार्यसम्पादनमा समेत असर परेको भन्दै सहायक हवल्दार, वरिष्ठ हवल्दार र वरिष्ठ सई गरी तीन पद सिर्जना गरिएको थियो ।

प्रहरी नियमावली ०७१ लाई नवौँ संशोधन गरी तीन पद सिर्जना गरिएको हो । सईबाट वरिष्ठ सईमा १ हजार ४१८ जना, हवल्दारबाट वरिष्ठ हवल्दारमा ३ हजार ७४८ र प्रहरी जवानबाट प्रहरी सहायक हवल्दारमा १५ हजार २५३ जना बढुवा अवसर पाएका थिए ।

हाल सईले ४२ हजार ६१३ रुपैयाँ प्राप्त गर्दछन् भने वरिष्ठ सईले ४० हजार ९०० रुपैयाँ मात्रै प्राप्त गर्दछन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत