मङ्लबार, माघ २९, २०८१
  • गृहपृष्‍ठ
  • प्रशासन
  • निर्वाचन र लोकतन्त्रलाई दूषित पार्ने खालका सामग्री सम्प्रेषण नगर्न आग्रह

निर्वाचन र लोकतन्त्रलाई दूषित पार्ने खालका सामग्री सम्प्रेषण नगर्न आग्रह


कान्तिपथ


काठमाडौँ I प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन र लोकतन्त्रलाई दूषित पार्ने खालका सामग्री सम्प्रेषण नगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गर्नुभएको छ ।

निर्वाचन आयोगको आग्रहमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका सन्दर्भमा सामाजिक सञ्जाल फेसबुकको मातृ संस्था मेटाले आज सञ्चारकर्मीलाई आयोजना गरेको भर्चुअल तालिममा सम्बोधन गर्दै प्रमुख आयुक्त थपलियाले सञ्चारमाध्यम स्वनियमन र स्व नियन्त्रित हुनुपर्नेमा आयोगले जोड दिँदै आएको उल्लेख गर्नुभयो ।

उहाँले आयोगले निर्वाचन आचारसंहितामा पहिलो पटक मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिलाई व्याख्या गरी त्यसको नियमनको प्रबन्ध गरेको जनाउँदै आयोगले सञ्चारमाध्यम र सामाजिक सञ्जाललाई नियन्त्रण नभई नियमन गराउन खोजेकाले यसमा सबैको साथ आवश्यक रहको जनाउनुभयो ।

प्रमुख आयुक्त थपलियाले निर्वाचनको निष्ठा र स्वच्छता कायम गर्न तथा निर्वाचनसम्बन्धी सूचनालाई व्यवस्थितरुपमा सहजीकरणका लागि आयोगमा प्रेस कार्यालयको स्थापना गरी काम भइरहेको बताउनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत