मङ्लबार, माघ २९, २०८१

पोखरा र बुटवलमा गठबन्धनको कार्यक्रम सुरु


कान्तिपथ


सत्तागठबन्धनको शीर्ष नेताले पोखरा बुटवलमा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्ने भएका छन् । पोखरामा बिहान ११ बजेदेखि तथा बुटवलमा दिउँसाे २ बजेदेखि सुरु हुने भनिएको प्रशिक्षण भेलालाई शीर्ष नेताले सम्बोधन गर्ने भएका हुन् ।

पोखराको भेलालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका नेता माधवकुमार नेपाल बिहीबार नै पोखरा पुगिसकेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेता आज पाेखरा पुगेका छन् ।

सत्तागठबन्धनले शुक्रबारदेखि प्रदेशमा चुनावी अभियान सुरु गरेकाे हाे । गठबन्धनकाे संयुक्त चुनावी अभियानपछि दलहरू पार्टीकाे चुनावी अभियानमा सरिक हुने भएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत