शुक्रबार, फाल्गुन २, २०८१

गिरीराजमणिलाई जिताउन ढुंगाना तयार


कान्तिपथ


महोत्तरी क्षेत्र नम्बर १ ‘क’ को प्रदेशसभा सदस्य पदका उम्मेदवार माओवादी नेता राजन ढुंगानाले आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका छन्। सोमबार बिहान खुमलटारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि उम्मेदवारी निष्क्रिय पार्ने निष्कर्षमा पुगेको ढुंगानाले बताए।

छलफलमा महोत्तरी १ बाट संघीय संसदको उम्मेदवार माओवादी नेता गिरीराजमणि पोखरेललको पनि उपस्थिति थियो। पोखरेल महोत्तरी १ मा सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार छन्।

स्थानीय तह चुनावमा माओवादी केन्द्रबाट बर्दिबासको मेयरको टिकट दाबी गर्दै आएका ढुंगाना टिकट नपाएपछि रुष्ट थिए। ढुंगाना बागी उठेका कारण गठबन्धन दलको मत प्रभावित हुने भय माओवादीलाई भएपछि उनको उम्मेदवारी निष्क्रिय बनाउन पार्टी नेतृत्व लागि परेको थियो।

उम्मेदवारी निष्क्रिय पारेपछि ढुंगानाले आफू अब गिरीराजमणि पोखरेललाई विजयी बनाउन लागि पर्ने बताए। महोत्तरी १ को प्रदेश सभा ‘ख’ मा माओवादी नेता भरत साह गठबन्धनको तर्फबाट साझा उम्मेदवार छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत