आइतवार, माघ ६, २०८१

खुल्यो कर्णाली राजमार्ग


कान्तिपथ


जुम्ला । असोज १९ देखि २५ गते सम्म परेको अविरल वर्ष पछि आएको बाढी र पहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ । बाढी पहिरोले कर्णाली राजमार्गको झण्डै ४० किलोमिटर सडक अवरुद्ध थियो ।
जुम्ला सडक डिभिजनको कार्यक्षेत्र पर्ने दैलेखोला–जुम्लासम्म १०४ किलोमिटर मध्ये ४० किमी सडक पहिरोले पुर्णरुपमा अवरुद्ध हुँदा कर्णालीको जनजीवन नराम्ररी प्रभावित भएको थियो ।

सडक डिभिजन जुम्ला र नेपाली सेना दिनरात निरन्तर खटेर नागरिकको अपेक्षाभन्दा धेरै छिटो कर्णाली राजमार्ग खुलेको छ । अवरुद्ध भएको राजमार्ग २० दिनपछि सोमबार राती ८ः१५ बजेबाट खुलेको सडक डिभिजन जुम्लाका प्रमुख राजिव श्रेष्ठले बताउनुभयो ।
सडक खुलाउन सडक डिभिजन जुम्लाको १ सय बढी जनशक्ति फिल्डमा खटिएको थियो भने नेपाली सेनाको नन्दाबक्स गण जुम्लाको ५० जना टोली राँचुलीमा क्याम्प नै राखेर खटिएको थियो ।सडक खुलाउन कालिकोट र मुगुका प्रहरी प्रशासनले साथ दिएको थियो ।
सडक अवरुद्ध भएसँगै इन्धनको अभाव चुलिएको थियो । सडकका कर्मचारी र सेनाको टोली डिजेल बोकेर सडक खुलाउन जुटेका थिए । सडक खुले पनि सचेत भएर यात्रा गर्न सडक डिभिजनले अनुरोध गरेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत