बुधबार, फाल्गुन ९, २०८०

आफ्नै सालीलाई बलात्कार गरेको आरोपमा भिनाजु पक्राउ


कान्तिपथ


आफ्नै १९ वर्षीय सालीलाई जबरजस्ती करणी गरेको आरोपमा रामेछापका एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं ३ कुँबुँकाँस्थली घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका २ दुवाकोट तल्लो हाइट बस्दै आएका ३९ वर्षीय जयन्त थापा हुन् ।

उनलाई गत मंगलबार भक्तपुर प्रहरीले पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायव निरीक्षक टेकप्रसाद राई जानकारी दिए । गत भदौ २१ गते बलात्कृत भएको खबर अहिले बाहिरिएको छ । स्रोतका अनुसार थापा आफ्नै सालीलाई जबरजस्ती क’रणी गरेको आरोपमा पक्राउ परेका हुन् ।

नाता पर्ने ती किशोरीलाई गत भदौ २१ गते दिउँसो आफ्नै घरको कोठामा जबरजस्ती क’रणी गरी फरार भएका थापालाई प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले पक्राउ गरेको प्रहरीले जाएको छ । बलात्कारपछि उनी फरार भएको किशोरीले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।

नेपाल कम्युनिस्ट पार्टी एमाले उमाकुण्डका नेता एवं युवा संघका केन्द्रीय सदस्य समेत रहेका थापाका दुई सन्तान रहेका छन् । घटनाबारे प्रहरीले म्याद थप गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत