बिहिबार, मंसिर २१, २०८०
  • गृहपृष्‍ठ
  • सुरक्षा
  • खानीखोलाका बद्नाम इन्स्पेक्टर अपूर्व ढुंगाना बलात्कार आरोपमा जेल चलान

खानीखोलाका बद्नाम इन्स्पेक्टर अपूर्व ढुंगाना बलात्कार आरोपमा जेल चलान


कान्तिपथ


बलात्कार प्रयासको आरोप लागेका प्रहरी निरीक्षक (इन्सपेक्टर) अपूर्व ढुंगाना पुर्पक्षका लागि जेल चलान भएका छन्। धादिङ जिल्ला अदालतले मंगलबार उनलाई पुर्पक्षका लागि जेल चलान गरेको हो।

जिल्ला न्यायाधीश स्वीकृति पराजुलीको एकल इजलासले उनलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश गरेको हो। इलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख समेत रहेका ढुंगानाले आफ्नै ब्यारेकमा महिला प्रहरी कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोप लागेको थियो।

महिला प्रहरीले आफूमाथि बलात्कार प्रयास भएको भन्दै जाहेरी दिएपछि उनलाई हिरासतमा लिएर जिल्ला प्रहरी कार्यालय धादिङले अनुसन्धान अघि बढाएको थियो। गत असोज ५ गते पक्राउ परेका उनीविरुद्ध जबरजस्ती करणी उद्योगको कसुरमा मुद्दा चलाइएको थियो।

अदालतको आदेशपछि ढुंगानालाई मंगलबार नै कारागार पठाइएको धादिङका डीएसपी श्याम खत्रीले जानकारी दिए।

आफ्नै सहकर्मी बलात्कारको आरोपमा खानीखोलाका विवादित ईन्सपेक्टर पक्राउ

खानीखोलाका इन्स्पेक्टरले रक्सी खाएर पिटे हवल्दार र ड्राईभर: कारबाहीको तयारी



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत