बुधबार, फाल्गुन ९, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा निर्वाचनको घोषणापत्र सार्वजनिक


कान्तिपथ


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन लक्षित घोषणापत्र सार्वजनिक गरेको छ ।

काठमाडौँमा आज आयोजित कार्यक्रमकाबीच अध्यक्ष रवि लामिछानेले पार्टीको निर्वाचन लक्षित वाचा पत्र सार्वजनिक गर्नुभयो ।

वाचा पत्र सार्वजनिक गर्नुहुँदै अध्यक्ष लामिछानेले जनताका सामान्य माग र चाहनालाई वाचा पत्रमा समेटेको बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा सार्वजनिक गरिएको वाचा पत्रमा निर्दलीय व्यक्ति मात्रै राष्ट्रपति बन्न पाउनुपर्ने एजेन्डा राखिएको छ । औपचारिक रुपमा पार्टी परित्याग गरेको व्यक्ति नभई, १० वर्षसम्म कुनै पनि राजनीतिक दलमा नलागेको व्यक्ति मात्रै राष्ट्रपति हुनुपर्ने वाचा पत्रमा उल्लेख छ ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय सभाका अध्यक्षलाई नै उपराष्ट्रपति बनाउनुपर्ने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने, प्रदेशका मुख्यमन्त्री पनि प्रत्यक्ष निर्वाचित हुनुपर्ने र प्रदेशसभाको ठाउँमा प्रदेश परिषद् हुनुपर्ने धारणा राखेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत