मङ्लबार, माघ २९, २०८१

देउवालाई झपारेका ढकाल स्वागत गर्न लाईन लागे


कान्तिपथ


चुनावी प्रचारका लागि गृहजिल्ला डडेल्धुरा पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाको स्वागतका लागि उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकाल लाइनमा बसेका छन् ।

ढकाल अरुसँगै हातमा माला बोकेर देउवाको स्वागतका लागि लाइन लागेका हुन् । देउवाले आज डडेल्धुरा सदरमुकाममा गठबन्धनले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दैछन् । उनी चार दिन त्यहाँ बस्नेछन् ।

देउवाले झपारेर चर्चामा आएका गुल्मीका ढकाल हजुरबुबालाई आराम दिने नाति पुस्ताले निर्णय गरेको भन्दै चुनावमा होमिएका छन् । ढकाललाई पाँच वर्षअघि देउवाले प्रधानमन्त्री रहेकै बेला बीबीसीको साझा सवाल कार्यक्रममा झपारेका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत