सोमवार, माघ २८, २०८१

जुम्लामा ३ लाख ८ हजार मतपत्र आइपुग्यो


कान्तिपथ


जुम्ला । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि जुम्लामा मतपत्र ढुवानी सकिएको छ । निर्वाचनका लागि नेपाली सेनाको (एनए)५५ ईसीयू (ईक्विेरल) हेलिकप्टर मार्फत दुई दिनमा ३ लाख ८ हजार मतपत्र जुम्ला आइपुगेको नन्दाबक्स गण जुम्लाका गणपति रविन थापाले बताउनुभयो ।

कर्णाली राजमार्ग विपद्का कारण क्षतविक्षत भएको र ठुला सवारी आउन समय लाग्ने भएकोले सेनाको हेलिकप्टरमा पहिलो दिन बुधबार समानुपातिक तर्फका र दोस्रो बिहीबार प्रत्यक्ष तर्फका गरी ३ लाख ८ हजार मतपत्र जुम्ला आइपुगेको हो ।

निर्वाचन आयोगले हेलिकप्टरबाट मतपत्र सुर्खेतदेखि जुम्ला ओर्सान थालेको थियो । पहिलो दिन बुधबार प्रतिनिधि सभा समानुपातिक तर्फका ७६ हजार मतपत्र आएकोमा प्रदेश समानुपातिक तर्फका ७४ हजार र कर्मचारी समानुपातिक तर्फको १ हजार मतपत्र आइपुगेको छ । जसमा जुम्ला निर्वाचन क्षेत्र (क) का लागि ४१ हजार र निर्वाचन क्षेत्र (ख) का लागि ३६ हजार मतपत्र आइपुगेको हो ।

त्यस्तै दोस्रो दिन बिहीबार नेपाली सेनाकै हेलिकप्टरमा प्रत्यक्ष तर्फको मतपत्र ल्याइएको गणपति थापाले जानकारी दिनुभयो । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ प्रतिनिधि सभाका लागि ७६ हजार मतपत्र आइपुगेको छ । भने, जसमा निर्वाचन क्षेत्र (क) का लागि ४२ हजार, निर्वाचन क्षेत्र (ख)का लागि ३६ हजार र अस्थायी मतदाताका लागि १ हजार मतपत्र आइपुगेका छन् ।

यसरी दुई दिनको अवधिमा दुई निर्वाचन क्षेत्र र प्रतिनिधि सभाका लागि जुम्लामा निर्वाचन आयोगबाट ३ लाख ८ हजार मतपत्र जुम्ला आइपुगेको छ । यसका साथै संघ र प्रदेश सभाको निर्वाचनका लागि जुम्लामा तयारी तीव्र भइरहेको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश विष्णुप्रसाद गौतमले बताउनुभयो ।

यता जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेश शर्माका अनुसार जुम्लामा आगामी मंसिर ४ गते हुने निर्वाचनमा जम्मा मतदाता सङ्ख्या ६८ हजार ६ सय ३८ रहेको छ । जसमा प्रदेश (क) मा ३६ हजार सात सय ८३ र प्रदेश (ख) मा ३१ हजार आठ सय ५५ रहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत