बुधबार, फाल्गुन १६, २०८०
  • गृहपृष्‍ठ
  • राजनिति
  • एमालेले लुटेर र भ्रष्ट्राचार गरेको पैसा चुनावमा खोलो बगाउँछ : माधव नेपाल

एमालेले लुटेर र भ्रष्ट्राचार गरेको पैसा चुनावमा खोलो बगाउँछ : माधव नेपाल


कान्तिपथ


नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले भ्रष्टाचार र लुटको पैसा निर्वाचनमा खोलो जसरी बगाएकाे आराेप लगाएका छन् ।

बिहीबार विभिन्न पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका नेता, कार्यकर्ताहरूलाई पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा स्वागत गदै उनले एमालेले अहिलेको निर्वाचनमा पैसाको खोलो बगाइरहेको आरोप लगाउँदै एमालेको आम्दानीको श्रोत भनेको भ्रष्टाचार र लुट रहेकाे बताएका हुन् ।

एमाले अध्यक्ष ओलीलाई भ्रष्टाचार र लुट रहेकाे आराेप लगाउँदै उनले भने,’आज एमालेले चुनावमा गरिरहेको खर्च हेर्नत, अर्बौँ अर्ब कहाँबाट ल्याए, उनको पार्टीमा पैसा फल्ने रुख छ? आम्दानीको श्रोत के हो? लुट र भ्रष्टाचार हो । अहिलेको निर्वाचनमा पैसाको खोलो बगाएका छन् ।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत