बुधबार, फाल्गुन ९, २०८०

प्रकाशमानलाई भोट माग्दै बाबुराम


कान्तिपथ


पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराई गठबन्धनका साझा उम्मेदवार कांग्रेस नेता प्रकाशमान सिंहलाइ मत माग्न घरदैलोमा हिँडेका छन्।

काठमाडौं क्षेत्र नम्बर १ मा गठबन्धनका तर्फबाट उम्मेदवार कांग्रेस नेता सिंहलाई भोट माग्न भट्टराई उनीसँग घरदैलो कार्यक्रम सहभागी भएका हुन्।

यस क्रममा डा. भट्टराईले संविधान कार्यान्वयन र विकासका लागि सत्ता गठबन्धनलाई मत दिन आग्रह गरे। उनले काठमाडौं क्षेत्र नम्बर १ का सन्दर्भमा सिंह योग्य र स्वच्छ छविको व्यक्ति भएको दाबी पनि गरे।

अहिलेको निर्वाचन विशिष्ट छ। सामान्य अवस्थामा दलहरूबीच प्रतिस्पर्धा हुन्छ तर, यसपटक प्रतिगमनकारी शक्तिहरुको विरुद्ध अग्रगमनकारीको लडाइँ हो। उहाँ योग्य व्यक्ति हुनुहुन्छ। स्वच्छ छविको व्यक्तित्व हुनुहुन्छ’, उनले भने,‘ हाम्रो गठबन्धनलाई बलियो बनाएर मात्रै संविधानको रक्षा र संस्थागत विकासको सुनिश्चितता हुन्छ।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत