सोमवार, मंसिर १२, २०७९

नेपाल फिल्म क्याम्पस र न्यूयोर्क फिल्म एकेडेमीबिच सम्झौता


कान्तिपथ


facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
viber sharing button
sharethis sharing button

काठमाडौँ I नेपाल फिल्म क्याम्पस र अमेरिकाको न्यूयोर्क फिल्म एकेडेमीबिच चलचित्र निर्माण र ज्ञान आदानप्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । त्रिभुवन विश्वविद्यालयका रेक्टर शिवप्रसाद भुसालको उपस्थितिमा एकेडेमीका सभापति माइकल योङ, उपसभापति जिम मिलर र क्याम्पस प्रमुख शिशिर उप्रेतीबिच उक्त सम्झौता भएको हो ।  

“फिल्म क्याम्पसमा अध्ययनरत विद्यार्थीको अन्तर्राष्ट्रिय पहुँच अभिवृद्धि गर्ने उद्देश्यका साथ अमेरिकाको फिल्म कलेजसँग सम्झौता गरेका हौँ । चलचित्र स्थानीय उत्पादन र उपभोगको विषय मात्र रहेन”, प्रमुख उप्रेतीले भन्नुभयो, “हाम्रा विद्यार्थीले पनि अमेरिका र युरोपका विद्यार्थीसँग सिर्जनात्मक तथा प्राविधिक हिसाबले प्रतिस्पर्धा गर्न सकुन् भन्ने उद्देश्यले हामीले यो पहल थालेका हौँ ।”

दुवै चलचित्र पढाउने संस्थाबीच भएको सम्झौताअनुसार आउँदो वर्षदेखि दुवै क्याम्पसले विद्यार्थी आदान–प्रदान गर्नेछन् । नेपाल फिल्म क्याम्पसमा स्नातक सकेपछि स्नातकोत्तर तह अध्ययन गर्न जाने विद्यार्थीले न्यूयोर्क एकेडेमीमा पूर्णदेखि आंशिक छात्रवृत्तिमा पढ्न पाउने छन् । विद्यार्थी एक महिना, तीन महिना र छ महिनासम्मका लागि आउन÷जान सक्नेछन् । नेपालबाट जाने विद्यार्थी न्यूयोर्क एकेडेमी रहेको न्यूयोर्क, लसएञ्जल्स र सिकागोस्थित एकेडेमीमा जानेछन् । अमेरिकाबाट यिनै ठाउँका विद्यार्थी नेपाल आउन सक्नेछन् । 

विद्यार्थी आदान–प्रदानबाहेक नेपाली विद्यार्थीको सीप तथा क्षमता अभिवृद्धिका लागि चलचित्रका  विविध विषयमा कार्यशाला तथा स्नातक कक्षाको आयोजना गरिने क्याम्पस प्रमुख उप्रेतीले जानकारी दिनुभयो । “चौथो वर्षका विद्यार्थीको संयुक्त प्रयासमा नेपालका हिमाल, पहाड र तराईमा रहेका कथा खोज गर्ने र तिनलाई दृश्यमा जीवन्त बनाउने ‘कथा यात्रा’को आयोजना गरिने छ”, उहाँले भन्नुभयो, “न्यूयोर्क फिल्म एकेडेमीले फिल्म निर्माणमा चाहिने उपकरणमा समेत सघाउने छ ।” 

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत