मर्जरको प्रक्रियामा रहेको ग्लोबल आइएमई बैङ्क र बैंकअफ काठमाडौँको सेयर स्वाप रेसियो (सेयर आदान प्रदान अनुपात) समान रहने भएको छ । बैङ्क अफ काठमाडौँको सञ्चालक समितिको बैठकले स्वाप रेसियो १ : १ हुने निर्णय भएको छ । यो भनेको बैङ्क अफ काठमाडौँ र ग्लोबल आइएमईको सेयर आदानप्रदान अनुपात बैङ्क अफ काठमाडौँको १०० कित्ता बराबर ग्लोबल आइएमईको पनि १०० नै रहने निर्णय भएको छ ।
दुवै बैङ्क गाभिएपछि नयाँ बैंकको नाम ग्लोबल आइएमई बीओके बैङ्क हुनेछ। नयाँ बैंकको प्रमुख कार्यकारीमा ग्लोबलका रत्नराज बज्राचार्यले निरन्तरता पाउने सहमति भएको छ भने यता बीओकेका श्रवण मास्के त्यसपछिको स्थानमा हुनेछन्। मर्जर पछि यो बैंकको पुँजी ३४ अर्ब रुपैयाँ पुग्नेछ ।