सोमवार, मंसिर १२, २०७९

रामेछाप चनखुका बस्नेतको हत्या आरोपमा ६ पक्राउ


कान्तिपथ


रामेछापका एक जना निर्माण व्यवसायीको हत्याको आरोपमा ६ जना पक्राउ परेका छन्। मन्थली नगरपालिका-१० चनखुका ३९ वर्षीय राजन बस्नेतको ललितपुरको नख्खुमा कुटपीटबाट हत्या भएको हो।

आफन्तले जाहेरी दिएपछि बस्नेतको हत्याको आशंकामा ६ जनालाई नियन्त्रणमा लिइएको ललितपुर प्रहरी परिसरका प्रवक्ता सिद्दिविक्रम शाहले जानकारी दिए। शाहका अनुसार आइतबार बिहान विष्णुदेवी मन्दिरमा पूजा गर्न जाँदा स्थानीयले छट्पटाइरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाको अनुसन्धान भइरहेको उनले बताए।

बस्नेत निर्माण व्यवसायीको काम गर्दै आएका थिए। उनको शवको पाटन अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ। बस्नेतका दुई छोरा रहेका छन्। श्रीमती केहि समय अगाडि विदेश गएकी थिइन्।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत