सोमवार, मंसिर १२, २०७९
  • गृहपृष्‍ठ
  • अपराध
  • दार्चुलामा एमालेले घेरा हालेर कुटेका माओवादी कार्यकर्ता काठमाडौँ रिफर !

दार्चुलामा एमालेले घेरा हालेर कुटेका माओवादी कार्यकर्ता काठमाडौँ रिफर !


कान्तिपथ


दार्चुलाको नौगाड गाउँपालिकामा एमाले कार्यकर्ताहरुको आक्रमणबाट जयभान सिंह धामी गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि ललितपुरको बीएण्डबी अस्पताल ल्याइएको छ । माओवादी केन्द्रको काठमाडौं-दार्चुला समन्वय समितिका अध्यक्ष हुन् ।

नौगाड गाउँपालिका-६ खेडमा एमाले कार्यकर्ताहरुले आइतबार दिउँसो जयभानलाई घेरा हालेर आक्रमण गरेका थिए । सामाजिक सन्जालमा सार्वजनिक भएको एक भिडियोमा दर्जन बढीको समूहले अन्धाधुन्द आक्रमण गरेको देखिन्छ । धनगढीमा प्रारम्भिक उपचार गरेपछि उनलाई बीएण्डबी अस्पताल रिफर गरिएको छ ।

माओवादी कार्यकर्ता प्रेमसिंह धामीले यो आक्रमणमा गोरे धामी, रमेश धामी, जयलाल ठेकरे लगायतको संलग्नता रहेको दाबी गरे ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत