बुधबार, मंसिर २०, २०८०

बियर खाएर असई लाई ठहरै पार्ने सिपाही खत्री थुनिए


कान्तिपथ


सप्तरीमा सशस्त्र प्रहरी सहायक निरीक्षकको हत्या अभियोग लागेका जवान होमबहादुर खत्री पुर्पक्षका लागि कारागार चलान भएका छन्। सँगै कार्यरत प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवको हत्यामा संलग्न अभियोगमा खत्रीलाई जिल्ला अदालत सप्तरीले पुर्पक्षका लागि थुनामा पठाएको हो।

गत असोज १९ गते साँझ जवान खत्रीले असई यादवको हत्या गरेको अभियोग छ। असई यादवको शव दुई दिनपछि भारतको बिहार राज्य मधुवनी जिल्ला जिरोगा ग्रामपञ्चायत वडा नं ९ स्थित घोडदह नदीमा फेला परेको थियो। जवान खत्रीले असोज १८ गते साँझ साढे ७ बजेतिरै उनको हत्या गरेर शव खोलामा फालेको खुलेको छ। असोज २० गते दिउँसो साढे २ बजेतिर असई यादवको शव खोला किनारमा फेला परेको थियो।

सुरुमा जवान खत्रीले कुटपिट गरी असईलाई घाइते बनाएको र पछि डोरीले कसेर हत्या गरेको खुलेको प्रहरीको दाबी छ। हत्यापछि सशस्त्र प्रहरी पोस्टनजिकै रहेको खोलामा शव फालिदिएका थिए। होमबहादुर खत्री २०६३ फागुन २६ गते सशस्त्र प्रहरी जवानमा भर्ना भएका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत