शुक्रबार, फाल्गुन २, २०८१
  • गृहपृष्‍ठ
  • खेलकुद
  • जथाभावी अन्तर्वार्ता दिंदै हिडेका रोनाल्डोलाई निकाल्ने युनाइटेडको तयारी

जथाभावी अन्तर्वार्ता दिंदै हिडेका रोनाल्डोलाई निकाल्ने युनाइटेडको तयारी


कान्तिपथ


इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले पछिल्लो अन्तर्वाताको विषयलाई लिएर क्रिस्टियानो रोनाल्डोसँगको सम्झौता रद्द गर्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन्।

रोनाल्डोले पछिल्लो समय आफूलाई क्लबले धोका दिएको भन्दै पिएर्स मोर्गानमा अन्तर्वाता दिएका थिए। उनले आफू क्लबसँग खुसी नरहेको र क्लबका सदस्यहरुले आफूलाई निकाल्न खोजेको आरोप पनि लगाएका थिए।

रोनाल्डो नयाँ सिजन सुरु हुनुअघि नै अर्को क्लबमा जान चाहन्थे। त्यसका लागि उनका एजेन्सी जर्ज मेन्डेसले विभिन्न क्लबसँग कुरा पनि गरेका थिए। चेल्सी र बार्यन म्युनिखजस्ता टोलीले उनलाई लिन चाहेनन्। रोनाल्डोकै कारणले सम्झौता रद्द गर्नुपरेको अवस्थामा युनाइटेडले खेलाडीको रजिस्ट्रेसन भने कायम राखेर अर्को क्लबले उनलाई लिन खोज्दा क्षतिपूर्तिमा भने दाबी गर्न सक्छ।

पछिल्लो समय उनको र प्रशिक्षक एरिक टेन हगसँगको विवाद सतहमा आएको छ। रोनाल्डोले उनले आफूलाई कुनै सम्मान नदिएकाले उनलाई पनि आफूले सम्मान नदिने बताएका छन्।

फुटबल अधिवक्ता डेभिड सेलिगमेनका अनुसार युनाइटेडले अब रोनाल्डोको सम्झौता रद्द गर्न सक्छ। रोनाल्डोले सम्झौता अवधिमा कम्पनीको नियमको उल्लंघन गर्दै अन्तर्वार्ता दिएको आरोपमा उनीसँगको सम्झौता रद्द गर्न सक्ने उनको भनाइ छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत