आइतवार, मंसिर ११, २०७९

चुनावका कारणले भोलिदेखि ४ दिनका लागि रेल सेवा बन्द हुने


कान्तिपथ


जनकपुरधाम  ।  मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावलाई दृष्टिगत गरेर जनकपुरधाम जयनगरसम्म सञ्चालनमा रहेको ब्रोडगेज रेल सेवा भोलिदेखि चार दिनका लागि बन्द हुने भएको छ । 

नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालन निरञ्जन झाले आज सूचना जारी गर्दै चुनावका कारणले भोलि मङ्सिर १ गतेदेखि ४ गते आइतबारसम्मको सम्पूर्ण सेवा बन्द हुने भएको जानकारी दिनुभयो । 

मङ्सिर ५ गतेदेखि पुनः नियमित रुपमा रेल सेवा सञ्चालन हुने प्रबन्ध सञ्चालक झाले जानकारी दिनुभयो । जनकपुरधामको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा ब्रोडगेज रेल सेवा सञ्चालनमा रहेको छ । दैनिक रुपमा दुई पटक जनकपुरधामबाट सञ्चालन हुने गरेको छ । 

शान्ति सुरक्षाका लागि नेपाल भारतको सीमा नाका मङ्सिर १ गतेदेखि ४ गतेसम्म सिल रहने भएकाले रेल सेवा बन्द गरिएको छ । दुई देशका सुरक्षा अधिकारीहरूको भारतको मधुबन्नी जिल्लाको जयनगरमा भएको संयुक्त बैठकबाट मङ्सिर ४ गते हुने चुनावलाई दृष्टिगत गरेर सीमा नाका बन्द गर्ने निर्णय गरेका थिए । 

त्यस कारणले रेल सेवा पनि बन्द गरिएको छ । जनकपुरधामबाट भारतको जयनगरसम्म रेल सेवा सञ्चालन हँुदै आएको छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत