बिहिबार, चैत्र ६, २०८१
  • गृहपृष्‍ठ
  • राजनिति
  • मतदान सम्पन्न भएको तीन दिनभित्र प्रत्यक्ष तर्फको सबै मतपरिणाम सार्वजनिक हुने

मतदान सम्पन्न भएको तीन दिनभित्र प्रत्यक्ष तर्फको सबै मतपरिणाम सार्वजनिक हुने


कान्तिपथ


आज राति १२ बजेदेखि राजनैतिक दल तथा उम्मेदवारहरुलाई निर्वाचनको प्रचार–प्रसारका लागि उपलब्ध गराएको समय समाप्त

sharethis sharing button

काठमाडौँ । निर्वाचन आयोगले आज राति १२ बजेदेखि राजनैतिक दल तथा उम्मेद्वारहरुलाई निर्वाचनको प्रचार–प्रसारका लागि उपलब्ध गराएको समय समाप्त हुने जनाएको छ । 

आयोगले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी आज राती १२ बजे देखी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको स्थिर समय सुरु हुने र यस अवधिमा निर्वाचन प्रचारप्रसारका कुनै पनि क्रियाकलाप गर्न नपाइने जनाएको छ । 

पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यस अवधिमा छलफल अन्तरक्रिया सभा सम्मेलन वा अन्य कुनै पनि माध्यमबाट निर्वाचनको प्रचारप्रसार गर्न वा राजनीतिक दल तथा उम्मेदवारको पक्ष मत माग्न नपाइने बताउनुभयो । 

निर्वाचन आयोगले सामाजिक सञ्जाल तथा अनलाइन मार्फत गरिएका विज्ञापन तथा निर्वाचन प्रचार प्रसारका सामग्रीसमेत यस अगावै हटाउन सबै राजनीतिक दल तथा उम्मेद्वारहरुलाई आग्रह गरेको छ ।

यस्तै सामाजिक सञ्जाल तथा अनलाइन माध्यममा रहेका प्रचार सामग्री सम्बन्धित दल वा उम्मेदवारले हटाए–नहटाएको अनुगमन गर्न विज्ञापन बोर्डलाई निर्देशन दिइसकेको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताउनुभयो ।  

आयोगले धाक धम्की डर त्रास देखाएर वा कुनै किसिमको अनुचित प्रभावमा पारी निर्वाचनको निष्पक्षता र स्वतन्त्रतामा असर पुर्‍याउने काम गरेमा त्यस्तो व्यक्तिलाई तत्काल कानून बमोजिम कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको पनि जनाएको छ । 

यस्तै आयोगले सकेसम्म छिटो निर्वाचनको परिणाम सार्वजनिक गर्ने उद्देश्यले सबै मत पेटिकाहरू मतगणना स्थलमा आइपुग्न साथ मतगणना सुरु गर्ने व्यवस्था मिलाएको जनाएको छ । 

आयोगले मतदान सम्पन्न भएको ३ दिन भित्रमा प्रत्यक्ष तर्फको सबै मतपरिणाम सार्वजनिक गर्ने लक्ष्य राखेको प्रमुख आयुक्त थपलियाले बताउनुभयो । 

यसैगरी प्रत्यक्ष तर्फको मतगणना सकिएको ५ दिन भित्र समानुपातिक तर्फको मत गणना सक्ने र मङ्सिर २२ गते सम्ममा निर्वाचनको नतिजा सम्बन्धी प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्ने लक्ष्य रहेको प्रमुख आयुक्त थपलियाले बताउनुभयो ।  



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत