आइतवार, असार २९, २०८२

भद्रपुरमा फेला परेको दुई वटा शङ्कास्पद वस्तु सेनाद्वारा निष्क्रिय


कान्तिपथ


sharethis sharing button

भद्रपुर, झापा । झापाको सदरमुकाम भद्रपुरको वडा नं ७ स्थित वीरेन्द्र मावि मतदानस्थल अगाडि राखिएको बमजस्तो देखिने दुई वटा शङ्कास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ ।

‘नो भोट’ र ‘खतरा’ उल्लेख गरिएको दुईवटा शङ्कास्पद वस्तुलाई सेनानी आकृति घिमिरेको कमाण्डमा आएको टोलीले आज बिहान निष्क्रिय पारेको हो ।

उक्त शङ्कास्पद कार्टुन र झोलामा रेडबुलको बट्टाभित्र बालुवा र बिजुलीको तार मात्र राखेर तर्साउन खोजिएको नेपाली सेनाले जनाएको छ ।

वीरेन्द्र मावि मतदान स्थलको पश्चिमपट्टिको गेटमा होजिो बेलुका कार्टुनले प्याक गरिएको वस्तु फेला परेको थियो । त्यसको केही समयपश्चात् उत्तरतर्फको सानो गेटमा अर्को शङ्कास्पद बस्तु रहेको झोला फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

राति फेला परेकोले शङ्कास्पद वस्तुलाई आज बिहान मात्रै सेनाले निष्क्रिय पारेको बताइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत