बाह्रबिसे । सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नं. १ प्रदेश सभा ख का युवा उम्मेदवार सरल सहयात्री पौडेलले ७:०० बजे नै मतदान गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र)का बागमती प्रदेश अध्यक्ष समेत रहनुभएका पौडेलले आफ्नो गृह गाँउमा रहेको श्री भद्रकाली माध्यमिक विध्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्नुभको हो । बाह्रबिसे नगरपालिका वडा नं. ८ स्थायी ठेगाना रहेका पौडेलले आफू उम्मेदवार रहेपनि आफैलाई भोट भने हाल्न पाउनुभएन ।
उहाँको गाउँ प्रदेशसभा क मा रहेतापनी गठबन्धनका कारण उहाँले आफ्नो क्षेत्रबाट उम्मेदवारी दिन पाउनुएन र उहाँले प्रदेश सभा ख बाट आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको थियो । मतदान स्थलबाट मतदान गरेर बाहिर निस्किएका उम्मेदवार पौडेलले आफुले गठबन्धनका तर्फबाट उम्मेदवार बनेका प्रतिनिधि सभामा युवा उम्मेदवार माधव सापकोटा सुबोध र प्रदेश सभामा मसिना खडकालाई मतदान गरेको बताउनुभयो । साथै उहाँले आम मतदाता हरुलाई देश र संविधानको रक्षाका लागि गठबन्धनका उम्मेदवारहरुलाई मतदान गरी विजयी गराउन समेत अपिल गर्नुभएको छ ।