रुकुम । रुकुम पश्चिमका मतदान केन्द्रको मतपेटिका तोडफोड गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
मतपत्र च्यात्ने लगायतका कार्य गर्ने विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ता हरि पुन लगायतका तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूले रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा पर्ने गोतामकोट, घेत्मा र चौर मतदान केन्द्रमा तोडफोड तथा मतपत्र च्यातेका थिए ।
उनीहरूलाई नियन्त्रण गरेपछि अन्य मतदानको काम नियमित चलिरहेको छ । रुकुम पश्चिममा ३ बजेसम्म ४५% मत खसेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ