शुक्रबार, असार ६, २०८२

सोमाली सेनाद्वारा आक्रमणलाई असफल


कान्तिपथ


मोगादिसु। सोमाली राष्ट्रिय सेना (एसएनए) ले शनिबार बिहान राजधानी मोगादिसुमा भएको आक्रमणलाई असफल बनाएको छ ।राजधानीको दलजिर्का दाहसुन क्षेत्रनजिकै एक नागरिकको स्वामित्वमा रहेको गाडीमा जोडिएका दुईवटा विस्फोट पर्दाथलाई सेनाले नियन्त्रणमा लिएका सोमाली प्रहरीबलका प्रवक्ता सादिक दुदिशेले जानकारी दिनुभएको छ ।

विष्फोटक पदार्थलाई सुरक्षित रुपमा निष्क्रिय पारेर आक्रमणलाई असफल पारेको दुदिसेले बताउनु भएको छ । यस अवस्थामा कोही घाइते नभएका पनि उहाँले मोगादिसुमा जारी विज्ञप्तिमा जानकारी दिनुभएको छ । सुरक्षाबलहरुले हताहत हुनबाट बच्नका लागि व्यापार गतिविधि र सार्वजनिक सडक बन्द गरेका जनाइएको छ ।सिन्ह्वा



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत